विदा बसेर कार्यवाहक तोक्न प्रधानयायाधीशलाई सत्ता गठबन्धनको सुझाव
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।
बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरुले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका हुन् ।
बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘प्रधानन्यायाधीश विरामी भएकाले तत्काल कार्यवाहक प्रधान...


