सुस्मा न्यौपाने

गैँडाकोट । नन्दन सामुदायिक वन गैँडाकोट ६,८ र ९ को अध्यक्षको टुगों लगाउन भाेलि चुनाव हुने भएको छ । चार दलको सहमतिलाई नमान्दै अध्यक्ष पदमा दिएको उमेदवारी फिर्ता नलिएपछि अध्यक्ष पदको छिनोफानो चुनाव मार्फत गरिने भएको हो ।नेकपा एमाले, नेपाली काँग्रेस,नेकपा माओवादी(केन्द्र) र राष्टिय जनमोर्चाले दलीय भागवण्डाका आधारमा सर्वसम्मत तवरले नयाँ कार्यसमिति चयनको विधि अपनाएका थिए ।

अध्यक्ष पदमा नेपाली काँग्रेसको कोटाबाट डिलाराम सापकोटाको नाम दलीय संयन्त्रले सिफारिस गरेपनि बालकृष्ण गौडेलले अध्यक्षमा आफुनै हुनुपर्ने अडान लिएपछि सहमती कायम हुन नसकेको हो । अध्यक्ष पदमा उमेदवारी दिएका गौडेलले पनि नेपाली काँग्रेसकै कार्यकर्ता हुन् ।
चारदलीय संयन्त्रले सर्वसम्मत रुपमा अध्यक्ष पदमा डिलाराम सापकोटालाई सिफारिस गरेको अवस्थामा बालकृष्ण गौडेलले उमेदवारी दिनु दुखद भएको नेपाली काँग्रेसका वडा सभापति रामु सापकोटाले बताउनु भयो ।

हामिले उहाँलाई उमेदवारी फिर्तालिन र पार्टिको निर्णयलाई समर्थन गर्न आग्रह गर्यौ तर उहाँले मान्नुभएन, सापकोटाले भन्नुभयो स् अनुगमन समितिको संयोजक बनेर सेवा गर्न ठाउ राखेका थियौ ।चारदलको तर्फबाट अध्यक्ष पदमा उमेदवारी दिएका डिलाराम सापकोटा विष्णुले आफुले नन्दन सामुदायिक वनको विकास गर्नका लागि सेवा भावले सबैको सहमतिका उमेदवारी दिएको भन्दै मत दिन आग्रह गर्नुभयो ।
अध्यक्ष पदका प्रत्यासी बालकृष्ण गौडेलले सामुदायिक वनमा राजनैतिक हस्तक्षेप हुनु राम्रो विषय नभएको भन्दै साधरणसभाको वेला नै सवै उपभोक्ताहरुले आफुलाई नेतृत्व लिन आग्रह गरेकोले चुनावबाट पछि नहट्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया