नवलपुर । क्याम्पसको पठनपाठन बन्द गरेर पार्टीको क्षेत्रीय अधिवेशन गर्न लागेको भन्दै अनेरास्ववियु मध्यविन्दु नगर कमिटीले बिरोध जनाएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मध्यविन्दु – ७ चोरमारामा रहेको नबजागरण बहुमुखी क्याम्पसलाई मंगलबार नवलपुर क्षेत्र नं. २ को मतदान केन्द्र तोकिएको छ ।

पूर्व सुचना बिना क्याम्पसलाई राजनीतिक कार्यक्रमको लागि अनुमति दिदा विद्यार्थीको शैक्षिक अधिकार हनन् भएको भन्दै अनेरास्ववियु मध्यविन्दु नगर कमिटी अध्यक्ष आदेश ज्ञवाली र सचिव शिशिर न्यौपानेले विज्ञप्ति मार्फत बिरोध जनाउनु भएको छ ।

कोभिड – १९ बाट प्रभावित शिक्षा क्षेत्रमा राजनीतिक दलको कार्यक्रमको लागि बिदा दिने कार्य निन्दनीय भएको भन्दै विज्ञप्ति मार्फत अनेरास्ववियुले क्याम्पस प्रमुख र क्याम्पस व्यवस्थापन समिति अध्यक्षको राजिनामा माग गरेको छ ।

तपाईको प्रतिक्रिया