चोरमारा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) नबजागरण क्याम्पस कमिटीले मंसिर ८ गते क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला आज खुलेको छ ।मंसिर ७ गते राजनितिक चुनाव प्रयोजनको लागि कुनै पूर्व सूचना क्याम्पस प्रशासनले स्थानीय बिदा दिएको बिरोधमा अनेरास्वीयु क्याम्पस कमिटीले मंसिर ८ गते क्याम्पस प्रमुख देवीप्रसाद सुवेदीको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

मंसि ७ गते भएको नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनको लागि नबजागरण बहुमुखी क्याम्पसलाई मतदान स्थल तोकिएपछि सो दिन क्याम्पसमा प्रध्यायनरत एवं कार्यरत प्रध्यापक र कर्मचारीहरुको बैठकले स्थानीय बिदा दिने निर्णय गरेको थियो । कुनै दलको चुनाव आयोजना गर्नको लागि शैक्षिक संस्था बन्द गरिनु गलत भएको भन्दै अनेरास्ववीयुले बिरोध जनाएको थियो ।

बिरोध स्वरुप मंसिर ८ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको अनेरास्ववीयु क्याम्पस कमिटी अध्यक्ष आदेश ज्ञवालीले बताउनुभयो । मंसिर १३ गते क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तुल्सीराम तिवारी, क्याम्पस प्रमुख देवीप्रसाद सुवेदी, सहायक क्याम्पस प्रमुख जीवनारायण अर्याल, क्याम्पस व्यवस्थापन समिति सदस्य राजु पाण्डे, अनेरास्ववीयु क्याम्पस कमिटी अध्यक्ष आदेश ज्ञवाली र अनेरास्ववीयुका डोलराज ढकालले बैठक मार्फत अबका दिनमा क्याम्पसमा राजनितिक तथा अन्य प्रयोजनको लागि क्याम्पस बन्द नगर्ने र पूर्वनिर्धारित बाहेकका बिदा दिदा सरोकारवालाहरु संगको छलफलमा मात्रै दिने सहमति अनुसार निर्णय भएको छ ।उक्त सहमतिमा क्याम्पस अध्यक्ष तुल्सीराम तिवारीको रोहवरमा अनेरास्ववीयु क्याम्पस कमिटी अध्यक्ष आदेश ज्ञवाली र क्याम्पस प्रमुख देवीप्रसाद सुवेदीले हस्ताक्षर गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया