मन्दिर नेतृत्वका लागि भीषण प्रतिस्पर्धा- कसको हातमा नेतृत्व ?
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको १४औँ अधिवेशन यसपटक निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्ने भएको छ। नयाँ नेतृत्व चयनका लागि यही २१ गते शनिबार मतदान हुने तय भएसँगै स्थानीय धार्मिक तथा सामाजिक वृत्तमा चुनावी माहोल तातिएको छ।
यसपटकको अधिवेशनको विशेषता भनेको—पहिलोपटक धेरै महत्वपूर्ण पदहरूमा चुनाव हुन लाग्नु हो। यसअघि अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष जस्ता सीमित पदमा मात्र मतदान हुने गरेको इतिहास रहेकोमा अहिले भने नेतृत्वका विभिन्न तहमा प्रतिस्पर्धा देखिएको छ, जसले चुनावलाई थ...


