×

विचार

लुम्बिनी प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्तावमा सही दृष्टिकोण

लुम्बिनी प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्तावमा सही दृष्टिकोण
- सूर्य थापा "छ जिल्लामा सीमित अखण्ड लुम्बिनी बिस्तारित भएर १२ जिल्लाकाे बृहत्तर लुम्बिनीमा रूपान्तरण हुँदैछ । र, बुटवललाई म वित्तीय राजधानी बनाउँछु ।" प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पाेखरेलले एकदम ठीक संश्लेषण गर्नुभएकाे छ । नामाकरण र राजधानी निर्धारणकाे बहस र छलफलकाे निष्कर्षमा उहाँले भन्नुभएका यी विचारमा निर्णय, मार्गदर्शन, भविष्यकाे परिकल्पना र निर्देशन एकसाथ स्पष्ट उल्लेख गरिएको छ। केही दिनयता प्रदेशनं ५ काे नामाकरण र राजधानी निर्धारणकाे प्रस्तावले सिंगाे देशमा त...

कोरोना प्रभावले निम्त्याएको बेरोजगारी

कोरोना प्रभावले निम्त्याएको बेरोजगारी
 इश्वरा भट्टराई स्वदेशमा रोजगारीको कुनै अवसर नदेखेर विदेशिएका नेपाली कामदार यतिखेर विखलबन्दमा परेका छन् । कृषि प्रधान देश नेपालको कामदारहरु खेतबारी बाँझो राखेर विदेशिएका छन् । तराइ, पहाड र हिमालका मानिसहरुको विदेश जानकालागि दैनिक लहर नै चल्ने गरेको छ । वैदेशिक रोजगारी अवसर, रहर वा बाध्यता बुझि नसक्नु छ । स्वदेशमा रोजगारी सिर्जनाको प्रशस्त अवसर नभएको होइन । ठूलो संख्याका भारतीय कामदारले नेपालमै काम पाएका छन् । नेपालमा दैनिक श्रमको मूल्य न्यूनतम सात सय भन्दा कम छैन । दक्ष कामद...

प्रेरक भनाइहरु, जसले हाम्रो सोंच बदल्छ

प्रेरक भनाइहरु, जसले हाम्रो सोंच बदल्छ
आचार्य चाणक्यले भनेका छन्, ‘जीवनमा तीन मन्त्र सधै याद राख । आनन्दको बेला वचन नदेउ । क्रोधको बेला जवाफ नदेउ । दुःखको बेला निर्णय नलेउ ।’ जीवनमा के गर्ने, के नगर्ने ? के असल, के खराब ? कुराले जीवनलाई श्रेष्ठ बनाउँछ ? के कुराले जीवन नष्ट गर्छ ? जीवन र जगतका विषयमा यस्ता अनमोल भनाईहरु यहाँ समेटिएको छ, जो निकै मननयोग्य छन् । –हामीले कुनैपनि समयको प्रतिक्षा गर्नु उचित छैन । बरु हरेक समयलाई विशेष बनाउने प्रयास गर्नुपर्छ । –पानीलाई जतिसुकै तातो बनाएपनि केही समयपछि आफ्...

वैकल्पिक शिक्षा प्रणालीमा प्रविधि: अनलाइन शिक्षाको चुनौती

वैकल्पिक शिक्षा प्रणालीमा प्रविधि: अनलाइन शिक्षाको चुनौती
अमेरिकी विद्वान तथा हावर्ड विश्व विद्यालयको प्राध्यापक क्लेटन ले प्रविधि सम्बन्धी एउटा सिद्धान्त " Discritive Innovation " प्रतिपादन गरे। यसको अर्थ प्रविधिले नयाँ परिवेशमा विद्यार्थीहरूको सिकाइमा परिवर्तन गर्न मद्धत पुग्ने कुरा गरेका छन्। यस्तै प्रविधिको प्रयोग गर्ने विश्व विद्यालयहरुको भविष्य उज्यालो भएको र प्रविधि बाहिर रहेका विद्यालयहरू केहि समयको अन्तरालमा समाप्त हुने भविष्यवाणी गरेका छन्। यसैले हुन सक्छ पछिल्लो अवस्थामा ब्यापक खुला अनलाइन कोर्सहरुको पढाइ हुने गरेको प...

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउन आग्रह गर्नुभएको हो । “यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरू...

अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना

अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना
हिन्दू महिलाहरूको महान चाड तीजको अवसरमा साउथ अष्ट्रेलियाकी सांसद जिङ लीले साडीमा सजिएर शुभकामना दिनुभएको छ । रातो साडीमा सजिएको फोटो फेसबुकमा पोष्ट गर्दै सांसद लीले समस्त हिन्दु नारीलाई तीजको शुभकामना दिनुभएको हो । आफ्नो शुभकामना सन्देशमा लीले लेख्नुभएको छ – ‘तीज नेपाल र भारतमा मनाईने एक महत्वपूर्ण पर्व हो । यो पर्व विवाहित नारीहरुका लागि निकै महत्वपूर्ण मानिन्छ । शिव र पार्वतीको मिलनको सम्झनामा यो पर्व मनाईन्छ ।’ तीजकै अवसरमा अष्ट्रेलिया समुदायको महत्वपूर्ण अंगका रुपमा...