अमेरिकी विद्वान तथा हावर्ड विश्व विद्यालयको प्राध्यापक क्लेटन ले प्रविधि सम्बन्धी एउटा सिद्धान्त ” Discritive Innovation ” प्रतिपादन गरे। यसको अर्थ प्रविधिले नयाँ परिवेशमा विद्यार्थीहरूको सिकाइमा परिवर्तन गर्न मद्धत पुग्ने कुरा गरेका छन्। यस्तै प्रविधिको प्रयोग गर्ने विश्व विद्यालयहरुको भविष्य उज्यालो भएको र प्रविधि बाहिर रहेका विद्यालयहरू केहि समयको अन्तरालमा समाप्त हुने भविष्यवाणी गरेका छन्। यसैले हुन सक्छ पछिल्लो अवस्थामा ब्यापक खुला अनलाइन कोर्सहरुको पढाइ हुने गरेको पाइन्छ। यसले कुनै सीमा, लिङग, जात, वर्ग र क्षेत्र भन्दा माथि उठेर सबैलाई शिक्षा प्रदान गरिरहेको अवस्था छ। यसले सांस्कृतिक, राजनीतिक, प्रशासनिक र संस्थागत क्षमता विकास गर्न मदत गरेको देखिन्छ। अरु मुलुकहरुलाई हेर्ने हो भने यूरोपीयन मुलुकहरू नै प्रविधिमा अगाडि देखिन्छन्। प्रविधि भन्नाले शिक्षण सिकाइ को प्रयोगमा आउने रेडियो, टेलिभिजन, अनलाइन तथा अफलाइन माध्यम भनेर परिभाषित भएको पाइन्छ। सिकाइमा प्रविधिको प्रयोग गर्नु भनेको विद्यार्थीको सिकाइमा सार्थक परिवर्तन ल्याउनु हो। यसका लागि सिकाइमा आवशयक प्रविधिको उच्चतम, विश्वसनीय र भरपर्दो ढंगबाट प्रयोग हुनु जरुरी हुन्छ। विद्यार्थीलाई रूपान्तरणको मोडमा लैजान वा उत्पादित जनशक्तिको रूपमा उभ्याउन का लागि प्रविधिको आवश्यकता पर्दछ। वास्तवमा २१ औँ सताप्दिमा अावश्यक ठहरिएको प्रविधियुक्त शिक्षामा प्रविधिको उपयुक्त तवरले प्रयोग हुन सकेन भने प्रत्युत्पादक नतिजा समेत ल्याउने खतरा देखिन्छ । यसका लागि प्रविधिको प्रयोग कुन बेला, कसरी र केका लागि भन्ने पूर्व जानकारी हुन जरूरी देखिन्छ एक्काइसौँ शताब्दीमा विद्यार्थीको सिकाइ पद्धतिमा प्रविधिलाई जोड्न आवश्यक मात्र नभई अनिवार्य भइसकेको अवस्था छ । यसबाट शिक्षक शिक्षिकाहरूले विद्यार्थीहरूको सिकाइमा उत्तिकै उपलब्धी हासिल गर्न सक्ने सम्भावना रहन्छ । यद्यपि यसका थुप्रै चुनौतीहरू भने नरहेका होइन् । ती चुनौतीहरू निम्न प्रकार रहेको देखिन्छः
विद्यार्थीहरूको सिकाइ पद्धतिमा नयाँ प्रविधिलाई जोड्न चुनौती हुन सक्दछ । त्यसैगरी शिक्षक शिक्षिकाहरूमा रहेको परम्परागत सोचमा परिवर्तन गर्न पनि त्यतिकै चुनौती हुन सक्दछ । किनकि प्रविधिलाई सिकाइसँग जोड्नका लागि इच्छा शक्ति, ज्ञान, सीप र क्षमताको जरूरत पर्दछ । यी सबैको अभावमा चुनौती खडा हुन सक्दछ । वास्तवमा विद्यार्थीहरूको सिकाइ सँगै उनीहरूको मूल्याङ्कन गर्नु पर्ने हुन्छ । प्रविधिकोको प्रयोग गरी सिकाइ उपलब्धि मूल्याङ्कन गर्न चुनौती हुन सक्ने सम्भावना रहन्छ । यसरी नै प्रत्येक विद्यार्थीको निजी समस्या पत्ता लगाई त्यसको समाधानका उपायहरू अवलम्वन गर्न चुनौती हुन सक्दछ । एकातिर वालवालिकाहरू प्रविधिसँग अत्यधिक झुम्मिने र प्रत्युत्पादक बन्न सक्ने सम्भावना रहन्छ भने अर्कातिर पुराना शिक्षक शिक्षिकाहरू प्रविधिबाट भाग्ने सम्भावना देखा पर्दछ । यसै सन्दर्भमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै वैकल्पिक प्रणालीबाट शिक्षण सिकाइ कार्य अगाडि बढाइरहेको अवस्था छ । प्रविधि शिक्षाको सम्बन्धमा आम मानिहरूको बुझाई फरक देखिन्छ । धेरैले अहिले पनि प्रविधिलाई अनलाइन शिक्षाको रूपमा बुझ्ने गरेको देखिन्छ । तर यसलाइ अफलाइन र अनलाइन दुबैबाट सिकाउने पद्धती भन्ने बुझ्नु जरुरी हुन्छ। अहिले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको समूह पहिचान गरी सिकाइ सहजिकरण गरिरहेको छ। त्यसैले निष्कर्षमा भन्नु पर्दा विद्यार्थीहरूको सिकाइका निमित्त शिक्षकहरूमा बिषय बस्तुको राम्रो ज्ञान हुनु जरूरी हुन्छ । उक्त ज्ञानलाई सिकाइ पद्धति र सीप सँग जोड्नु जरूरी हुन्छ । सिकाई उपलब्धी शिक्षकको सिकाउने सीप र कला सँग भर पर्ने हुनाले यसमा बढी ध्यान दिन पर्ने हुन्छ । भनिन्छ कमजोर शिक्षकले विद्यार्थीलाई बताइ दिन्छ तर असल शिक्षकले गरेरै देखाउछ र महान शिक्षकले भने विद्यार्थीहरूलाई सधैं प्रोत्साहित गर्दछ । यसका लागि शिक्षकले प्रविधिलाई पनि आत्मसात गर्नु जरूरी छ । प्रविधिको सही र उच्चतम प्रयोग गर्ने बानी गर्न जरूरी हुन्छ । प्रविधिलाई सिकाइ उपलब्धीसँग जोड्न जरूरी छ । एक्काइसौं शताब्दीमा यस्ता प्रविधिहरू सिकाइका निमित्त अपरिहार्य बन्दै गएको सन्दर्भमा यसबाट अलग थलग रहेर उपलब्त्री प्राप्त नहुने कुरा यथार्थ हो । आफ्नो प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्नका लागि समेत यसको प्रयोग अधिक मात्रामा हुनु पर्ने देखिन्छ
सुजन पौडेल computer teache
लक्ष्मी माध्यमिक विद्यालय भरतपुर ४ लंकू