झुठो अभियोग र लाञ्छना सहन्छु भन्ने नसोचे हुन्छ, उचित जवाफ दिन्छु
कमरेडहरू,
आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनुपर्ला जस्तो लाग्दैन, बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल मोडमा छ । सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गुज्रिराखेका छैनौँ ।
एक दुईवटा कुरा राखौँ । अस्तिको बैठकमा केही कुरा जस्तो कि बैठकको एजेन्डाका रूपमा होइन, पत्राचारका रूपमा पाँच जना साथीले मलाई बैठक बोलाइयोस् भनेर पत्र दिनुभयो । त्यसमा गम्भीर आरोपसमेत भएको हुनाले मैले बैठक बोलाउन...


