×

राजनीति

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न : अल्पमत र बहुमतमा जान तपाई तयार हो ?

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न : अल्पमत र बहुमतमा जान तपाई तयार हो ?
काठमाडौं । प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अल्पमत र बहुमतबाट जाने भए एकताको आधार र विधान संशोधन गरेर जान चुनौति दिनुभएको छ । सचिवालय बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा उहाले महाधिवेशनबाट विचार, संगठन संरचना र नेतृत्व खुल्ला प्रतिष्पर्धाका आधारमा चयन गर्न तयार हो भनि दुई नम्बरका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न सोध्नु भएको छ । प्रधानमन्त्री ओलीले आफु त हरेक पदमा निर्वाचनबाटै लडेर आएको बताउदै तपाई तयार हो भने म पनि तयार रहेको उल्लेख गर्नुभएको छ । ...

कालिका नगरपालिकामा मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा

कालिका नगरपालिकामा मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा
चितवन । कालिका नगरपालिकामा मदन भण्डारी फाउण्डेशन र स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको छ । आज (शनिबार) कालिकामा आयोजित कार्यक्रममा १०१ सदस्यीय फाउण्डेशन र १०१ सदस्यीय स्पोर्टस् एकेडेमी नगर कमिटी घोषणा गरिएको हो । मदन भण्डारी फाउण्डेशन नगर कमिटीको अध्यक्षमा केशव लामा रहनु भएको छ । समितिका उपाध्यक्षहरुमा लक्ष्मण पौडेल, भोजराम थपलिया र ज्योति सुनार रहनु भएको छ भने सचिवमा सिपी अधिकारी, कोषाध्यक्षमा विमला लामा र सहसचिवमा होमनाथ मरहठ्ठा चयन  हुनु भएको छ । यस्तै मदन भण्डारी स...

नेकपाको सचिवालय बैठक १६ गतेसम्मका लागि स्थगित

नेकपाको सचिवालय बैठक १६ गतेसम्मका लागि स्थगित
काठमाडौं। सत्तारुढ नेपाल कम्युष्टि पार्टी नेकपाको सचिवालय बैठक १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफूमाथि लागेका आरोपको जवाफ र पार्टी एकतालाई बलियो बनाउने गरी आफ्नो धारणा राख्नुभएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार बैठकले अध्यक्ष ओलीको प्रतिवेदन अध्ययनका लागि तीन दिनको स...

शनिबार बस्ने नेकपा  बैठकमा अध्यक्ष ओलीको प्रस्ताव पेश हुने

शनिबार बस्ने नेकपा  बैठकमा अध्यक्ष ओलीको प्रस्ताव पेश हुने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  को सचिवालय बैठक भोलि शनिबार १ बजे बस्ने भएको छ । यसअघि मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः बस्न लागेको हो । यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्ताव पेश गर्नुभएको थियो । तर सो प्रस्ताव दुवै अध्यक्षको सहमतिमा नआएकाले त्यसलाई आधिकारिक प्रस्ताव भनिएको छैन । अर्का अध्यक्ष केपी शर्मा ओलीले सो प्रस्तावलाई आरोपपत्रको संज्ञा दिनुभएको छ । सचिवालयका एक सदस्यका अनुसार बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको...

प्रधानमन्त्रीको सन्देशपछि भारतीय संकेत : वार्ताद्वारा जटिल समस्या पनि समाधान गर्न सक्छौं

प्रधानमन्त्रीको सन्देशपछि भारतीय संकेत : वार्ताद्वारा जटिल समस्या पनि समाधान गर्न सक्छौं
काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट समाधान गर्न सक्ने संकेत दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विहिवार भेट्न पुग्नु भएका भारतीय विदेश सचिव हर्षवर्धन शृङ्गलालाई उहाले वार्ताकै माध्यमबाट समस्याको समाधान गर्नुपर्ने स्पष्ट सन्देश दिनु भएको थियो । प्रधानमन्त्री ओलीसँगको भेटको भोलीपल्ट शुक्रबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उहाले पछिल्ला केही वर्षमा नेपाल र भारतबीचको सम्बन्धमा उतारचढाव आएको बताउँदै बलियोरुपमा सँगै अघि बढ्नुपर्ने स्पष्ट पार्नुभयो ।...

भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला गोरखा र मनाङ जाँदै, आजै स्वदेश फर्कने

भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला गोरखा र मनाङ जाँदै, आजै स्वदेश फर्कने
काठमाण्डौ -दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला आज गोरखा र मनाङ जाँदै हुनुहुन्छ । उहाँले गोरखामा भूकम्पपछि भारतीय सहयोगमा बनिरहेका घरहरुको अवलोकन गर्ने कार्यक्रम छ । साथै तीन वटा विद्यालयको उद्घाटन पनि गर्नुहुनेछ । मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ । हिजो बिहान नेपाल आएका भारतीय विदेश सचिव श्रृङ्गला दिनभर भेटघाटमा व्यस्त रहनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ ...

लोकप्रियता देखेर आत्तिएकाले सरकार फेरिने हल्ला फैलाएका छन्, पछि नलाग्नू : प्रधानमन्त्री ओली

लोकप्रियता देखेर आत्तिएकाले सरकार फेरिने हल्ला फैलाएका छन्, पछि नलाग्नू : प्रधानमन्त्री ओली
ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरूद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन्। वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्नेजस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे।फक्ताङलुङ गाउँपालिका ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फी रूपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्...

ओली र देउवाको भेटपछि कांग्रेस प्रवक्ताको प्रतिक्रिया: नेकपाको द्वन्द्वमा कांग्रेस फस्दैन

ओली र देउवाको भेटपछि कांग्रेस प्रवक्ताको प्रतिक्रिया: नेकपाको द्वन्द्वमा कांग्रेस फस्दैन
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तालाई लिएर विभिन्न अड्कलबाजी भैरहेको बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको द्वन्द्वमा कांग्रेस नफस्ने बताउनुभएको छ । कांग्रेसलाई नागरिकले पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश दिएकाले कुनै पनि भड्कावबाट टाढा रहेको उहाँको भनाइ छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ  भ्रम  कोही कसैलाई केही छ भने १ ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई अत कुनै पनि भड्कावबाट टाढा छौं...

प्रचण्डसँग पौडेल र नेम्वाङ भेट, छलफल सकारात्मक

प्रचण्डसँग पौडेल र नेम्वाङ भेट, छलफल सकारात्मक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले शुक्रबार छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा भएको छलफलमा पार्टीको आन्तरिक विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार अध्यक्ष प्रचण्डले दुवै नेतासँग अलग अलग छलफल गर्नुभयो । उहाँहरुबीच पार्टीको आन्तरिक विवाद सल्टाउने विषयमा छलफल भएको सापकोटाले...