×

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तालाई लिएर विभिन्न अड्कलबाजी भैरहेको बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको द्वन्द्वमा कांग्रेस नफस्ने बताउनुभएको छ । कांग्रेसलाई नागरिकले पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश दिएकाले कुनै पनि भड्कावबाट टाढा रहेको उहाँको भनाइ छ ।

उहाँले ट्वीटरमा लेख्नुभएको छ  भ्रम  कोही कसैलाई केही छ भने १ ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई अत कुनै पनि भड्कावबाट टाढा छौं,रहनेछौँ नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौंँ  जय नेपाल

सत्तारुढ नेकपाभित्रको विवाद बढिरहँदा शनिबार ओली र देउवाबीच बालुवाटारमा भेट भएको थियो । भेटबारे दुवै पक्षले केही खुलाएका छैनन् । तर दुई शीर्ष नेताबीच सत्ता साझेदारीको विषयमा कुराकानी भएको अड्कलबाजी गरिएको छ । पार्टी विभाजन भएमा ओलीले कांग्रेससँग मिलेर सरकार चलाउने तयारी गर्नुभएको चर्चा चल्दै आएको छ ।

तपाईको प्रतिक्रिया