ओली–प्रचण्डबीचको छलफल निष्कर्षविहीन
काठमाण्डौ – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल निष्कर्षविहीन भएको छ ।
नेकपाभित्रको विवाद समाधानबारे बालुवाटारमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको हो । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै उहाँहरुबीच दिउँसो १२ बजेदेखि छलफल भएको थियो ।
राजदूत सिफारिस, मन्त्रिमण्डल हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, ‘रअ’ प्रमुखसँगको भेटलगायत कारण न...


