×

राजनीति

२३ नागरिक अगुवाले भने : प्रधानमन्त्रीले रअको प्रमुखलाई भेट्नु आपत्तिजनक

२३ नागरिक अगुवाले भने : प्रधानमन्त्रीले रअको प्रमुखलाई भेट्नु आपत्तिजनक
काठमाडौं । नागरिक अगुवाको एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट आपत्तिजनक भएको बताएको छ । २३ जना नागरिक अगुवाले शनिबार एक अपिल प्रकाशित गरी विदेशी जासुसी विभागका प्रमुखलाई प्रधानमन्त्रीले रातिको समयमा आफ्नै सरकारी निवासमा भेट्नु कुनै पनि अर्थमा जायज मान्न नसक्ने बताएका छन् । ‘‍‘प्रधानमन्त्रीले आफ्नो देशका उपयुक्त तहका अधिकारीहरूसँग भेट्न लगाएर अन्त्यमा शिष्टाचार भेट दिन आवश्यक भए सम्बद्ध सरकारी अधिकारी स...

प्रधानमन्त्रीका चार जना सल्लाहकारलाई कोरोना पुष्टि

प्रधानमन्त्रीका चार जना सल्लाहकारलाई कोरोना पुष्टि
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका चारजना सल्लाहकारलाई कोरोना संक्रमण भएको छ। शनिबार आएको रिपोर्ट अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण भएको हो। काठमाडौं उपत्यकामा तीव्र गतिमा कोरोना फैलिरहँदा उच्च पदस्थहरु पनि संक्रमित हुन थालेका हुन्। चारै जनाले सामाजिक सञ्‍जालमार्फत आफूहरुलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। प्रमु...

सरकारको विरोधमा देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको तयारी

सरकारको विरोधमा देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको तयारी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरूद्ध देशव्यापी आन्दोलन गर्ने तयारी गरेको छ।आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार भ्रष्टाचार तथा अनियमिततामा मुछिएको र कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा चुकेको भन्दै देशव्यापी विरोध गर्ने निर्णय गरेको हो। असोज १९ गते बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारविरूद्ध देशव्यापी विरोधबारे छलफल गरी ठोस कार्यक्रम तय गरिने पनि कांग्रेसले जनाएको छ। ‘कोरोना नियन्त्रण तथा रोकथाममा ...

राष्ट्रिय सरोकार समितिद्धारा सरकारको ध्यानाकर्षण

राष्ट्रिय सरोकार समितिद्धारा सरकारको ध्यानाकर्षण
चितवन । सरकारले विभिन्न देशमा निर्माण भइरहेका कोरोना खोपहरूको क्लिनिकल ट्रायल नेपालमा गर्ने कि नगर्ने भन्ने विषय विचाराधीन नै रहेको जनाएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीवारको बैठकमा सरकारका तर्फबाट सहभागी स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाविरुद्ध निर्माणाधीन खोपहरूको क्लिनिकल ट्रायल नेपालमा गर्ने कि नगर्ने भन्नेमा छलफलमै रहेको बताएका हुन् । बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा स्वास्थ्य सचिव अर्याल...

मन्त्री बन्न बामदेव गौतमलाई सर्वोच्चद्वारा रोक

मन्त्री बन्न बामदेव गौतमलाई सर्वोच्चद्वारा रोक
काठमाडौं । सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको यस आदेशपछि गौतमलाई सरकारले मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी दिन पाउने छैन । सर्वोच...

निजामती कर्मचारीहरूको निर्वाचन स्थगित

निजामती कर्मचारीहरूको  निर्वाचन स्थगित
काठमाण्डौ । सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ । मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यही असोज २४ गतेलाई तोकिएको कर्मचारीको निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । साउन ५ गते सरकारले कानुनका सहसचिव कलानिधि पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोक्दै असोज २४ गतेको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो । कानुनी अड्चनकाबिच निर्वाचनका लागि आवश्यक सबै तयारी र प्रक्रियाहरू पुरा भई कार्यतालिकासमेत प्रकाशित...

नवलपुरमा कर्मचारीलाई लाग्यो चुनाव , जिल्लाभर २९० मतदाता

नवलपुरमा कर्मचारीलाई लाग्यो चुनाव , जिल्लाभर २९० मतदाता
गैँडाकोट । नवलपुरमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनको सरगर्मी सुरु भएको छ । असोज २४ गतेका लागि तय गरिएको निर्वाचनको लागी असोज १ गते नै जिल्लामा कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकृत सिताराम अर्यालले बताउनु भयो ।अर्यालका अनुसार निर्वाचनमा सहभागी हुनका लागी मतदाता नामावली संकलन गर्ने काम सम्पन्न भएको छ । उहाँका अनुसार नवलपुरमा २९० जना कर्मचारीहरुले आधिकारिक ट्रेड युनियनको निर्वाचनमा मतदान गर्नेछन । २४ गतेको निार्वचनलाई मध्यनजर गर्दै जिल्ला निर्वाचन ...

नेकपा भित्र मन्त्रिपरिषद पुनर्गठनबारे छलफल

नेकपा भित्र मन्त्रिपरिषद पुनर्गठनबारे छलफल
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा नेताहरुले यसबारे आ-आफ्नो धारणा राखेका हुन् । मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको छ, प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि भन्नुभएकाे छ ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनकोे निर्वाचनको सरगर्मी सुरु

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनकोे निर्वाचनको सरगर्मी सुरु
नवलपुर । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनकोे निर्वाचनको सरगर्मी सुरु भएको छ। यही असोज २४ गते हुने निर्वाचनका लागि देशभर १ सय ७ निर्वाचन कार्यालय स्थापना भएका छन्। मतदाता नामावली संकलन अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृत कलानिधि पौडेलले जानकारी दिए। महालेखा र महान्यायाधिवक्ताको कार्यालयका मतदाता नामावली प्राप्त भइसकेको उनले बताए। निजामती कर्मचारी ऐन २०४९ र नियमावली २०५० अनुसार निर्वाचनको तयारी भएको हो। तीन वटा संगठन निर्वाचनको प्रचारप्रसारमा लागेका छन्। ने...