गैँडाकोट । नवलपुरमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनको सरगर्मी सुरु भएको छ । असोज २४ गतेका लागि तय गरिएको निर्वाचनको लागी असोज १ गते नै जिल्लामा कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकृत सिताराम अर्यालले बताउनु भयो ।अर्यालका अनुसार निर्वाचनमा सहभागी हुनका लागी मतदाता नामावली संकलन गर्ने काम सम्पन्न भएको छ । उहाँका अनुसार नवलपुरमा २९० जना कर्मचारीहरुले आधिकारिक ट्रेड युनियनको निर्वाचनमा मतदान गर्नेछन । २४ गतेको निार्वचनलाई मध्यनजर गर्दै जिल्ला निर्वाचन अधिकृतको कार्यालयले आईतबार जिल्लामा कृयाशिल नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), र नेपाल निजामती कर्मचारी युनियन (संघ) सँग छलफल गरेको छ ।
जिल्ला निर्वाचन अधिकृत सिताराम अर्यालको कार्यकक्षमा भएको छलफलमा आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष राजेन्द्र प्रसाद देवकोटा , नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष मोति प्रसाद रिजाल, नेपाल निजामती कर्मचारी युनियन (संघ)का सचिव बाबुराम भण्डारी, कर्मचारी संगठनका उपाध्यक्ष कमल प्रसाद पोखरेल, सचिव नेल्सन सुवेदी लगायतको सहभागिता रहेको थियो ।
सघं संगठनका प्रमुख एवं प्रतिनिधि सँगको छलफलमा जिल्ला निर्वाचन अधिकृत सिताराम अर्यालले आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकिएकै समयमा हुने भन्दै कार्यालयले आवश्यक तयारी गरिरहेको बताउनु भयो । उहाँले जिल्लाका कार्यालयहरु बाट नामावली प्राप्त गरिएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमान्डौमा मतदाता नामावली आजै पठाइएको जानकारी दिनुभयो ।
नेपाल निजामती कर्मचारी संगठनले खोल्यो चुनावी कार्यालय
जिल्लामा आधिकारिक ट्रेड युनियनको निर्वाचनको सरगर्मी सुरु भएसँगै कर्मचारी संघ संगठनहरु कृयाशिल हुन थालेका छन । आफ्ना पक्षमा मत पार्न उनिहरुले आन्तरिक तयारी समेत थालेका छन । यसैविच पूर्वि नवलपरासीमा नेपाल निजामती कर्मचारी संगठनले आज प्रचारप्रसार तथा परिचालन कार्यालयको स्थापना गरेको छ । संगठनका अध्यक्ष मोति रिजालले एक कार्यक्रमका विच कार्यालयको उद्घाटन गर्नुभयो । उहाँले २४ गते तय गरिएको निर्वाचनलाई ध्यानमा राख्दै कार्यालय स्थापना गरिएको बताउनु भयो । कर्मचारीको हकहितको लागी तोकिएकै मितिमा निर्वाचन हुुनु सुखद कुरा भएको बताउँदै निर्वाचनलाई सफल बनाउन निजामती कर्मचारी संगठन लागि पर्ने उल्लेख गर्नुभयो ।