काठमाण्डौ । सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ । मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यही असोज २४ गतेलाई तोकिएको कर्मचारीको निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
साउन ५ गते सरकारले कानुनका सहसचिव कलानिधि पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोक्दै असोज २४ गतेको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो । कानुनी अड्चनकाबिच निर्वाचनका लागि आवश्यक सबै तयारी र प्रक्रियाहरू पुरा भई कार्यतालिकासमेत प्रकाशित गरिसकेको अवस्थामा एकाएक निर्वाचन स्थगित भएको छ ।
सारिएको मिति नतोकिएकोले यसपछि निर्वाचन कहिले हुने भन्ने अन्यौल छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हिजै साँझ मात्रै निर्वाचन रोक्न प्रस्ताव तयार मन्त्रिपरिषदको कार्यालयमा पठाएको थियो ।