प्रचण्ड–नेपालबीच भेटवार्ता, पुनरावलोकनमा जानेबारे छलफल
काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।कोटेश्वरस्थित एक व्यवसायीको घरमा भएको भेटवार्तामा सर्वोच्चको फागुन २३ को फैसलाविरूद्ध पुनरावलोकनमा जाने विषयमा छलफल भएको छ।सर्वोच्च अदालतले नेकपा बदर गरी एमाले र माओवादी केन्द्रमा फर्काइदिएपछि खनाल-नेपाल समूह अध्यक्ष केपी ओलीको विरोधमा आन्दोलित छन्।
यसैबीच आजको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाललाई आफूहरू सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जानेबारे जानक...


