×

काठमाडौं । केपी ओली नेतृत्वको नेकपा एमाले संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरू कसैको निर्देशन नमान्‍न सांसदलाई निर्देशन दिएको छ।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहिबार बसेको बैठकले पार्टीबाहेक अरूले बोलाउने भेलामा नजानसमेत सांसदहरूलाई निर्देशन दिइएको छ।

बैठकमा गुट भेलामा जानेलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा नियमित सहभागी हुन आह्वान गरिएको भन्दै दलको बैठकको निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिइएको छ।‘बैठकले त्यस्तो आह्वानअनुरूप पार्टीमा नफर्कनेलाई विधानअनुसार स्पष्टीकरण सोध्ने र आवश्कयताअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय भएको छ’, एक सांसदले  जानकारी दिए।

लालबाबु पण्डित बैठकमा उपस्थित

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित पुगेका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजित भएपछि पण्डित तटस्थ रहँदै आएका पण्डित बिहिबारको बैठकमा उपस्थित भएका हुन्।

बरिष्ठ नेता माधवकुमार नेपाल निकट उनी पहिलो पटक ओलीले बोलाएको बैठकमा गएका हुन्। यसअघिनै ओली समूहले पण्डितलाई प्रदेश १ को सह(इन्चार्ज बनाएको थियो।

तपाईको प्रतिक्रिया