
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउन अनुचित सम्झौता नगर्ने बताएका छन् ।
आफूले बोलाएको ‘केन्द्रीय कमिटी’ बैठकमा ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि सरकार संविधानको धारा ७६९२० मा रुपान्तरित भएको बताए । यही अनुसार अगाडि बढ्ने भन्दै उनले भने, ‘सरकार टिकाउन अनुचित सम्झौता, सिद्धान्तहीन गठबन्धन र जनताको भावना विपरित काम गर्ने छैनौं ।’
कथम्कदाचित थप घेराबन्दी गरिए नयाँ शक्तिका साथ आउने बताएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।