पौडेल पक्षले बोलायो आफू निकट केन्द्रीय सदस्यहरुको बैठक
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ ।बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो । विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको एकजना केन्द्रीय सदस्यले बताए ।
‘आजको बैठक महाधिवेशन निष्पक्ष होस् भनेर खबरदारीका लागि पनि हो,’ पौडेल निकट ती केन्द्रीय सदस्यले भने ।कांग्रेस नेताहरुका अनुसार २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता...


