
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।
एमसीसीकी उपाध्यक्ष सुमारसहितको टोली शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेको थियो ।करिब एक घण्टाको भेटवार्तामा सुमारले एमसीसी पास गराउने वातावरण बनाउन आग्रह गरेको बुझिएको छ । भेटमा एमसीसीका विषयमा थप बहस आवश्यक रहेको जनाएका छन् । उनले यस विषयमा सबैको सहमति आवश्यक रहेको जनाए ।
आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ भने बिहीबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।