नवलपुर । नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भाद्र २७ गतेका लागि तय भएको नगरपालिका र गाउँपालिकाको अधिवेशन नवलपुरमा केहि दिन सर्ने देखिएको छ ।
जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं.३ मा नेतृत्व चयनमा समस्या उत्पन्न भएपछि जिल्लाको नगरपालिका र गाउँपालिकामा तय भएको अधिवेशन सर्ने पक्का भएको हो ।
प्रमुुख निर्वाचन अधिकृत गोविन्द सिग्देलले हुप्सेकोटको एउटा वडामा बिवाद भएको र सो वडाको अधिवेशन रोकेर अगाडी बढ्न समस्या हुने  उज्यालाे खबरलाई  बताए । हुप्सेकोट वडा नं.३ को समस्या समाधानका लागि हामि सोहि स्थानमा जादैछौ सिग्देलले भने : अहिलेसम्म सरिसेकेको भनेर फाईनल चाँहि भएको छैन ।

तपाईको प्रतिक्रिया