काठमाडौँ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

सुन्दरीजल पुगेर उनले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । अब म पार्टीको प्रवक्ताबाट अगाडि बढेँ । उपयुक्त समयमा मैले उम्मेदवारी दिन्छु भनेर पहिल्यै भनेको थिएँ । आज महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको हुँ,शर्माले भनेका छन् ।

बीपी स्मृति दिवसको अवसरमा बिहीबार सुन्दरीजलमा पुगेर नेता शर्माले यस्तो बताएका हुन् । यसअघि कांग्रेसका नेता गगन थापाले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिरमा हुँदैछ । त्यसका लागि विभिन्न जिल्ला वडा अधिवेशनहरु हुने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया