×

राजनीति

अखिल अध्यक्षमा सुनिता बराल 

अखिल अध्यक्षमा सुनिता बराल 
काठमाडौं । अनेरास्वबियुको अध्यक्षमा सुनिता बराल चयन हुनुभएको छ । आज बसेको सचिवालय बैठकमा अध्यक्ष ऐन महरले बिदा लिनुभएपछि उपाध्यक्ष बराललाई अध्यक्षमा चयन गरेको हो । बैठकले सर्वसम्मत रुपमा बराललाई अध्यक्ष र बडाललाई महासचिव चयन गरेको बैठकस्थलमा रहेकी अनेरावबियू केन्द्रीय सदस्य प्रियंका भण्डारीले जानकारी दिनुभयो । महर नेकपा गठनसँगै अनेरास्वबियुको नेतृत्वमा पुग्नुभएको थियो । महरपछि अखिलको नेतृत्व बरालले पाउनु भएको हो । महरसँगै अध्यक्षका दावेदार अन्य पदाधिकारीले भने अखिलबाट बिदा...

एमसिसीका कारण गठबन्धन टुट्दैन-प्रचण्ड

एमसिसीका कारण गठबन्धन टुट्दैन-प्रचण्ड
जनकपुर।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीका कारण गठबन्धन नटुट्ने बताएका छन्।शनिबार जनकपुरमा माओवादी केन्द्र प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रम समापनपछि आयोजित पत्रकार सम्मेलनमा उनले एमसिसीभन्दा गठबन्धन महत्वपूर्ण रहेको बताए। प्रचण्डले सरकारले पूर्णता पाउन नसकेको विषयलाई बहाना बनाएर गठबन्धन तोड्नकै लागि गठबन्धनमा असन्तुष्टि रहेको भनी प्रतिगामी शक्ति मिलेर भ्रम सृजना गरिरहेको आरोप लगाए।‘प्रतिगामी शक्तिले रोक्न खोज्दा खोज्दै बनेको गठबन्धन संविध...

संसदको कामबाट म आफैं सन्तुष्ट छैन : सभामुख सापकोटा

संसदको कामबाट म आफैं सन्तुष्ट छैन : सभामुख सापकोटा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसम्पादनबाट आफू सन्तुष्ट हुन नसकेको बताएका छन् ।शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले गरेको कार्यक्रममा उनले संसदको कार्यसम्पादनमा सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको बताएका हुन् ।‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन’ उनले भने, ‘कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्नेछ । इमानका साथ म यसमा केन्द्रित हुन्छु ।’ आफू सभामुख भएको दुई वर्षको अवधिमा दलहरुम आन्तरिक लोकतन्त्र ...

माधव नेपालले भनेरै मैले सरकारको नेतृत्व गरेकी हुँ : अष्टलक्ष्मी शाक्य

माधव नेपालले भनेरै मैले सरकारको नेतृत्व गरेकी हुँ : अष्टलक्ष्मी शाक्य
महोत्तरी । बागमती प्रदेशकी मुख्यमन्त्री नेकपा एमालेकी उपाध्यक्ष मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै आफूले सरकारको नेतृत्व गरेको फेरि दोहोर्‍याएकी छिन् ।शनिबार महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो सरकार अहिले अल्पमतमा रहेकाले छिट्टै विश्वासको मत लिने जानकारी गराइन् । नेकपा एमालेको आन्दोलनलाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान रहेको बताउँदै उनले माधव नेपाललाई संस्थापन पक्षमा नै फर्किन आग्रह गरेको बताइन् ।‘मैले माध...

गणेशमान सिंहको २४ औं स्मृति दिवस मनाइँदै

गणेशमान सिंहको २४ औं स्मृति दिवस मनाइँदै
काठमाण्डौ - २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।१९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो । सिंहले वीपी कोइरालासँग मिलेर २००३ सालमा नेपाली कांग्रेस स्थापना गर्नुभएको थियो । २००७ सालको क्रान्...

सरकारलाई ओलीको चेतावनी : प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा नपुर्‍याऊ

सरकारलाई ओलीको चेतावनी : प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा नपुर्‍याऊ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको बताए । आफू सरकारमा बस्दा शान्तिपूर्ण जुलुसमा लाठी समेत नहानेको उनको दाबी छ । तर नयाँ सरकार बन्नासाथ शान्तिपूर्ण रुपमा बोल्न समेत नदिएको ओलीको आरोप छ । प्रमुख विपक्षी नेता ओलीले भने, ‘म सरकारलाई चेतावनी दिन चाहन्छु, जनतालाई उत्तेजित नबनाऊ, न...

संसद बैठक दिउसाे बस्दै

संसद बैठक दिउसाे बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ।मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ। संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले पहल थालेका छन्। सोमबार सभामुख सापकोटाले सर्वदलीय बैठक पनि राखेका थिए। उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए।एमालेले सभामुखको भूमिकाप्रति विरोध गर्दै आएको छ। कारबाही गरेका सांसदको सूची टाँस नगरेको र...

पौडेल समूहले भन्यो- डडेल्धुराको अधिवेशन अस्वीकार्य, सत्ताको दुरुपयोग भयो

पौडेल समूहले भन्यो- डडेल्धुराको अधिवेशन अस्वीकार्य, सत्ताको दुरुपयोग भयो
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले डडेल्धुरामा भएको वडा अधिवेशन अस्वीकार गर्दै नयाँ नेतृत्वका लागि पुनस् निर्वाचन गर्न माग गरेको छ । आफ्नो समूहका तर्फबाट विज्ञप्ति जारी गर्दै पौडेलले राज्यशक्ति र प्रशासनिक शक्तिको दुरुपयोग गरी एकतर्फीरूपमा अधिवेशन गरिएको आरोप लगाएका छन् । ‘नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक विधान र परम्परा तोडेर क्रियाशील सदस्यताको टुंगो नलगाइ अधिवेशन(निर्वाचन प्रारम्भ गरिएको छ,’ विज्ञप्तमा पौडेलले भनेका छन्, ‘पार्टी विधान र...

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने
काठमाडौं ।सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल एमालेले बहिष्कार गर्ने भएको छ।सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका छन्।एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताए। एमालेसँग सम्बन्धित छलफलमा अरूलाई किन बोलाउनु पर्‍यो भन्ने हाम्रो भनाइ हो। असम्बन्धित दलका नेतालाई बोलाएको बैठकमा हामी जाँदैनौं,उनले भने,अब सभामुखसँग दुई वटामात्रै विकल्प छन्, कि त ह...