कांग्रेस गैँडाकोटमा कसले मार्ला बाजी ?
गैँडाकोट । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गैँडाकोट नगरपालिकामा नेतृत्वमा आउनका लागि नेपाली काग्रेसका युवानेताहरु लागि परेका छन् । भोलिका लागि तय भएको नगरको अधिवेशन आन्तरिक तयारी नपुगेको भन्दै केहिदिन पर जाने देखिएको छ ।
हालसम्म कांग्रेस गैँडाकोट नगर समितिको सभापति पदका लागि युवा नेता बद्री सापकोटा, खेमराज सापकोटा र खगराज सापकोटा लागि परेका छन् । कांग्रेस गैँडाकोटका पुराना नेता नरहरी सापकोटाले पनि आफुपनि सभापतिको आकांक्षी भन्दै अन्तिम समयमा आएर प्रचार गरेका छन्...


