×

काठमाडौं ।सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा प्रदेश १ र बाग्मती प्रदेशमा गठबन्धन सरकार गठनको गृहकार्य थाल्ने सहमति भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा दुबै प्रदेशमा सरकार गठनका लागि गृहकार्य थाल्ने सहमति जुटेको हो । एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल दर्ता भएसँग दुबै प्रदेशमा नेकपा एमालेको सरकार अल्पमतमा परेको छ ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दशैं अघि नै विश्वासको मत लिनुपर्छ ।दुबै प्रदेशमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी मिल्ने हो भने विपक्षमा बहुमत पुग्छ र नयाँ सरकार बन्छ । तर कुन दलको नेतृत्वमा सरकार गठन गर्ने भन्ने टुंगो लागेको छैन ।

एकीकृत समाजवादीले दुबै प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ । प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन दलहरु तयार देखिएका छन् । तर बागमतीको मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी छ ।बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएपनि सहमति जुटिसकेको छैन । ‘पर्सिसम्म एउटा सहमतिमा पुग्ने भनेका छौं,’ बैठकमा सहभागी एक नेताले भनेका छन् ।

तपाईको प्रतिक्रिया