×

राजनीति

काँग्रेस महाधिवेशन : गाेपाल सापकाेटालाइ २४ मतकाे अग्रता

काँग्रेस महाधिवेशन : गाेपाल सापकाेटालाइ २४ मतकाे अग्रता
गैँडाकोट । नवलपुर संघीय क्षेत्र नं। १ को प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा सभापतिमा गोपालप्रसाद सापकोटाले अग्रता लिएका छन् । १८० मत गणना हुँदा सापकोटाले १०१ मत प्राप्त गरेका छन् । सभापतिका अर्का उम्मेदवार तारापती खरेलले ७७ मत प्राप्त गरेका छन् । त्यस्तै उप सभापतिमा कविराज आचार्य ८५, गोविन्दराज कोईराला ९९, मञ्जुदेवी पौडेल ७४ र सुरेन्द्र तिवारीको ८६ मत रहेको छ । सचिवमा टेकनाथ पौडेल ७५, दिनुराम सापकोटा ८९, परमेश आचार्य ८६ र बुद्धिनाथ घिमिरेको ८६ मत रहेको छ । सह सचिवमा कर...

काँग्रेस महाधिवेशन : ६० मत गणना हुँदा गोपाल सापकोटाको अग्रता

काँग्रेस महाधिवेशन : ६० मत गणना हुँदा गोपाल सापकोटाको अग्रता
गैँडाकोट । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुर प्रदेश सभा क्षेत्र नं १ (क) क्षेत्रिय कार्यसमितिको सभापति पदमा उमेदवारी दिएका गोपाल प्रसाद सापकोटाले अग्रता लिएका छन् । ६० मत गणना हुँदा सापकोटाले ३३ मत प्राप्त गरेका छन् । त्यसैगरी अध्यक्षका प्रतिष्पर्धी तारापती खरेलले २६ मत प्राप्त गरेका छन् । उपसभापति पदमा भने तारापती खरेल प्यानलका कविराज आचार्यले ३२ मत ल्याएका छन् । त्यसैगरी सोहि प्यानलका गोविन्द कोईरालाले ३४ मत ल्याएका छन् । उपसभापति पदमा गोपाल प्रसाद सापकोट...

एमाले महाधिवेशन : प्रतिनिधिलाई छाकैपिच्छे मासुका आइटम

एमाले महाधिवेशन : प्रतिनिधिलाई छाकैपिच्छे मासुका आइटम
चितवन । एमालेको १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । महाधिवेशन मिति नजिकिएसँगै महाधिवेशन व्यवस्थापन र प्रचारप्रसारलाई तिव्र बनाइएको छ । १० मंसिरमा नारायणगढस्थित नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन सत्र हुनेछ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र हुनेछ । बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथि र पत्रकारहरूका लागि होटेलका ३५ सय बेड बुकिङ गरिएको छ । बन्द सत्र हुने होटल सेभेन स्टारमा तीन छाक खानाको व्यवस्था गरिएको छ भने अन्य दुई छाक ...

चितवनमा महाधिवेशन राखेर मलाई सिध्याउन खोजेका हुन् : प्रचण्ड

चितवनमा महाधिवेशन राखेर मलाई सिध्याउन खोजेका हुन् : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका छन् ।रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे । ‘अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि महाधिवेशन गर्दैछन्’ एमालेलाई लक्षित गर्दै प्रचण्डले भने, ‘मैले त भन्ने गरेको छु...

काँग्रेस नवलपुर क्षेत्र १ (क) मा ५९१ मत खस्यो , केहिबेरमा गणना

काँग्रेस नवलपुर क्षेत्र १ (क) मा ५९१ मत खस्यो , केहिबेरमा गणना
गैँडाकोट । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुर प्रदेश सभा क्षेत्र नं १ क क्षेत्रिय कार्यसमितिको लागि भएको निर्वाचनमा कुल ५९१ जनाले मतदान गरेका छन् ।निर्वाचन समितिका संयोजक ईन्द्रराज भट्टराईले कुल ५९९ मतदाता रहेकोमा ५९१ जनाले मतदान गरेको उज्यालोलाई जानकारी दिए । अवको केहिवेरमा मुकुन्दसेन कलेज मकुन्दपुरमा मतगणना सुरु हुनेछ । डां शंसाक कोईराला प्यानल निकट भनेर चिनिएका तारापती खरेल र महेन्द्रध्वज जिशी प्यानल निकट भनेर चिनिएका गोपाल सापकोटा विच सभापतिमा प्रतिष्पर्...

एमाले महाधिवेशन : चितवनका ठाउँठाउँमा स्वागत द्वार निर्माण सुरु

एमाले महाधिवेशन : चितवनका ठाउँठाउँमा स्वागत द्वार निर्माण सुरु
चितवन। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको ठाउँ ठाउँमा स्वागत द्वार निर्माण सुरु गरिएको छ । महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधि, पर्यवेक्षक र पार्टी नेता कार्यकर्तालाई चितवनमा स्वागत गर्न स्वागतद्वार निर्माण सुरु गरिएको हो । चितवन प्रवेश गर्ने नाकाहरु इच्छाकामना गाउँपालिकाको मौवाखोला, मुग्लिन, राप्ती नगरपालिकाको लोथर, भरतपुर महानगरपालिकाको पुल्चोकलगायतका स्थानमा स्वागत द्वार निर्माणको काम सुरु भएको नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समित...

काँग्रेस चुनाव आज : तारापति खरेल र गोपाल सापकाेटामा काे बलियाे ?

काँग्रेस चुनाव आज : तारापति खरेल र गोपाल सापकाेटामा काे बलियाे ?
नवलपुर । नेपाली काँग्रेसको चौधौँ महाधिवेशनको सरगर्मी आजबाट ह्वात्तै बढेको छ । महाधिवेशन अन्तर्गत नवलपुर प्रदेश सभा क्षेत्र नं १ क क्षेत्रिय कार्यसमितिको शनिबार आज मतदान हुने भएको छ । पार्टीको जिल्ला निर्वाचन समितिका अनुसार प्रदेश सभाको क्षेत्रीय निर्वाचनका लागि आज मनोनयन भएको छ । डां शंसाक काेईराला प्यानल निकट भनेर चिनिएका तारापती खरेल र महेन्द्रध्वज जिशी प्यानल निकट भनेर चिनिएका गोपाल सापकोटा विच सभापतिमा प्रतिष्पर्धा हुने देखिएकाे छ । नवलपुर प्रदेश सभा क्षेत्र नं. १ क क्...

राष्ट्रियसभा निर्वाचन माघ १२ मा गर्ने सरकारको निर्णय

राष्ट्रियसभा निर्वाचन माघ १२ मा गर्ने सरकारको निर्णय
काठमाडौं । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिए ।राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् । साथै राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसअनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो ।

सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्छु : प्रमुख सचिव पन्थ

सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्छु : प्रमुख सचिव पन्थ
पोखराः गण्डकी प्रदेशको प्रमुख सचिव रविलाल पन्थले जिम्मेवारी सम्हालेका छन्। यसअघि प्रमुख सचिव रहेका डा। दामोदर रेग्मीको संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएसँगै पन्थलाई प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको हो। रेग्मीलाई प्रदेश सरकारले मंगलबार नै विदाइ गरेको थियो।पन्थ यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल र सुर्खेत कार्यालयको प्रमुख भएर काम गरेका थिए। केही समय उनी आयोगको केन्द्रीय कार्यालयमा पनि रहेका थिए। जिम्मेवारी सम्हाल्दै पन्थले चुस्त सेवा प्रव...