गैँडाकोट । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुर प्रदेश सभा क्षेत्र नं १ क क्षेत्रिय कार्यसमितिको लागि भएको निर्वाचनमा कुल ५९१ जनाले मतदान गरेका छन् ।निर्वाचन समितिका संयोजक ईन्द्रराज भट्टराईले कुल ५९९ मतदाता रहेकोमा ५९१ जनाले मतदान गरेको उज्यालोलाई जानकारी दिए । अवको केहिवेरमा मुकुन्दसेन कलेज मकुन्दपुरमा मतगणना सुरु हुनेछ ।
डां शंसाक कोईराला प्यानल निकट भनेर चिनिएका तारापती खरेल र महेन्द्रध्वज जिशी प्यानल निकट भनेर चिनिएका गोपाल सापकोटा विच सभापतिमा प्रतिष्पर्धा देखिएको छ । काँग्रेस महामन्त्री डां शसांक कोईराला निकटका उनलाई जिल्ला सभापति पदका उमेदवार समेत रहेका काँग्रेसका पाका नेता मदनभक्त अधिकारीका साथै हालका काँग्रेस सभापति बद्री सापकोटा लगायतको ठुलो साथ रहेको देखिएको छ ।
त्यसो युवाहरुको प्रतिनिधित्व गर्दै सभापतिमा उमेदवारी दिएका गोपाल प्रसाद सापकोटा पनि बलियो प्रतिष्पर्धी भएको उनि निकट काँग्रेसजन बताउछन् । सापकोटालाई पुर्व सासंद महेन्द्रध्वज जिशी, नेताहरु खेमराज सापकोटा, अमृत भट्टचन लगायतको साथ छ ।
उपसभापति २ पदका लागि ४ जनाको उम्मेदवारी, सचिव २ पदका लागि ४ जनाको उम्मेदवारी, सहसचिव २ पदका लागि ४ जनाको उम्मेदवारी, प्रत्यक्ष महिला तर्फ ३ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । प्रत्यक्ष खुला तर्फ ७ पदका लागि १४ जनाको उम्मेदवारी रहेको छ । यस्तै खसआर्य महिला तर्फ १ पदका लागि २ जनाको उम्मेदवारी, खस आर्य खुला तर्फ २ पदका लगि ४ जनाको उम्मेदवारी रहेको छ ।