गैँडाकोट । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुर प्रदेश सभा क्षेत्र नं १ (क) क्षेत्रिय कार्यसमितिको सभापति पदमा उमेदवारी दिएका गोपाल प्रसाद सापकोटाले अग्रता लिएका छन् । ६० मत गणना हुँदा सापकोटाले ३३ मत प्राप्त गरेका छन् । त्यसैगरी अध्यक्षका प्रतिष्पर्धी तारापती खरेलले २६ मत प्राप्त गरेका छन् ।

उपसभापति पदमा भने तारापती खरेल प्यानलका कविराज आचार्यले ३२ मत ल्याएका छन् । त्यसैगरी सोहि प्यानलका गोविन्द कोईरालाले ३४ मत ल्याएका छन् । उपसभापति पदमा गोपाल प्रसाद सापकोटा प्यानलका सुरेन्द्र तिवारी र मञ्जुदेवी पौडेलले क्रमश २९ र २४ मत प्राप्त गरेको हाम्रा सहकर्मीले जनाएका छन् ।

सचिव पदमा टेकनाथ पौडेलले २३, दिनुराम सापकोटाले ३२ मत ल्याएका छन् भने परमेश आचार्य र बुद्धिनाथ घिमिरेले क्रमश : ३०/ ३० मत प्राप्त गरेका छन् ।सहसचिवमा प्रेमराज तिमिल्सीना ३१, शालिकराम घिमिरे ३०, खगेश्वर गौडेल २७ र करुणाकर पौडेलाई २९ मत प्राप्त भएको छ ।

 

तपाईको प्रतिक्रिया