×

राजनीति

अन्तर्राष्ट्रिय सीमा नाका आज रातिदेखि ७२ घण्टा बन्द

अन्तर्राष्ट्रिय सीमा नाका आज रातिदेखि ७२ घण्टा बन्द
काठमाडौं । आज मंगलबार रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द हुने भएका छन् ।स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ ।सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई आज मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जन...

चुनावी प्रचारप्रसार गर्न आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

चुनावी प्रचारप्रसार गर्न आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि
काठमाडौं  । स्थानीय तहको निर्वाचनका लागि आज मात्रै प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले बताएको छ।चुनावका लागि आज राति १२ बजेपछि मौन अवधि सुरू हुनेछ।मौन अवधिमा चुनावी प्रचार गर्न रोक लगाइएको छ। यही वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। निर्वाचन ऐनअनुसार मतदान हुनुभन्दा ४८ घन्टा पहिलेदेखि मौन अवधि सुरू गरिन्छ।शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको छ।आयोगले मौन अवधि पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, उम्मेदवारलगायत सरोकारवाला सबैमा आग्रह गरेको छ। ...

एमाले चितवनले भन्यो : नागरिकको जीउधनको सुरक्षा गर ( विज्ञप्तिसहित )

एमाले चितवनले भन्यो : नागरिकको जीउधनको सुरक्षा गर ( विज्ञप्तिसहित )
चितवन । नेकपा एमाले चितवनले प्रहरी प्रशासनसँग सम्पूर्ण नागरिकको सुरक्षाको सुनिश्चितता गर्दे संंवेदनशील बन्न माग गरेको छ ।नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले आज एक विज्ञप्ति जारी गरी चितवनमा वैशाख २४ गते र २५ गते घटेको दुई घटनाले शान्ति सुरक्षाको सुनिश्चितता हुन नसकेको बताउँदै सबै नागरिकको जीउधनको सुरक्षा गर्न प्रहरी प्रशासनसमक्ष माग गरेको हो । विज्ञप्तिमा वैशाख २४ गते खैरहनी ६ बस्ने राष्ट्रिय युवा संघ खैरहनीका उपाध्यक्ष कुमार थापामगरलाई खुकुरी प्रहार गरी घाइते...

भोलिदेखि गैँडाकोट नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

भोलिदेखि गैँडाकोट नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने
गैँडाकोट।  गैँडाकोट नगरपालिकाले भोलि देखि ३० गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरू बन्द हुने जनाएकाे छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कार्यालय लगायत मातहत कार्यालयका कर्मचारीहरु खटिएकाले भोलिदेखि कार्यालयवाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा ३० गतेसम्म स्थगित हुने प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालद्धारा जारी सूचनामा उल्लेख छ । बैशाख ३१ गते शनिवार, जेठ १ र २ गते सार्वजनिक विदा परेकोले जेठ ३ गतेदेखि सेवा प्रवाह सुचारु हुने नगरपालिकाले जनाएको छ।  

चितवनमा हतियार प्रहारबाट युवा संघका कुमार थापा घाइते

चितवनमा हतियार प्रहारबाट युवा संघका कुमार थापा घाइते
चितवन । चितवनको खैरहनीमा युवा संघका नेता कुमार थापामाथि धारिलो हतियार प्रहार भएको छ । अज्ञात व्यक्तिहरुले हतियार प्रहार गर्दा थापा गम्भिर घाइते भएका छन् । खैरहनी–८ स्थित उनकै घर नजिक उनी माथि हतियार प्रहार भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक अनोज विश्वकर्माले बताए । उनका अनुसार हतियार प्रहारबाट थापाको टाउको, हात र खुट्टामा चोट लागेको छ । घटनाको अनुसन्धानका लागि केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विश्वकर्माले बताए । थापा एक वर्ष अघि नेपाली कांग...

नारायणगढको क्याम्पाचौरमा आईतवार एमालेको आमसभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

नारायणगढको क्याम्पाचौरमा आईतवार एमालेको आमसभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने
चितवन । नेकपा एमालेले भरतपुरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा वैशाख २५ गते चुनावी आमसभा गर्ने भएको छ ।नारायणगढको क्याम्पाचौरमा महानगरस्तरीय अन्तिम चुनावी सभा गर्ने तयारी गरिएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा व्यापक जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, न्यौपानेले भने । त्यसअघि भरतपुर महानगरका विभिन्न स्थानमा एमालेले क्षेत्रीय चुनावी सभा गरिरहेको छ । भरतपुर महानगरका २९ वटै वडाबाट हजारौं...

विप्लव पार्टीबाट निष्कासित ! बास्तोला संयोजक तोकिए

विप्लव पार्टीबाट निष्कासित ! बास्तोला संयोजक तोकिए
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ । चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो । केन्द्रीय सदस्य गुणराज लोहनीले विप्लवलाई पार्टीबाटै निष्कासन गरिएको र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी दिए । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ । उक्त निर्णयप...

आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए

आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए
काठमाडौं । धिरजप्रताप सिंहलाई प्रहरी प्रमुख बनाएकोमा असन्तुष्ट रहेका दुई प्रहरी अतिरिक्त महानिरीक्षक  अदालत गएका छन् । आईजीपी नियुक्तिमा असन्तुष्ट रहेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा सर्वोच्च अदालत पुगेका हुन् । उनीहरूले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । सिंहलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय बदर माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन् । रिट निवेदन दर्ताको प्रक्रियामा रहेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयता क्रममा तेस्रो नम्बरम...

गैँडाकोटमा राष्टिय युवासंघद्धारा ५११ सदस्यीय युवा विद्यार्थी निर्वाचन परिचालन कमिटी गठन

गैँडाकोटमा राष्टिय युवासंघद्धारा ५११ सदस्यीय युवा विद्यार्थी निर्वाचन परिचालन कमिटी गठन
नवलपुर । वैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उमेदवारहरुलाई जिताउन नवलपुरको गैँडाकोटमा राष्टिय युवासंघले आफ्नो सकृयता बढाएको छ ।राष्टिय युवासंघ नवलपुरका संयोजक कृष्ण कंडेलको गृहनगरमा एमालेको तर्फबाट उमेदवार बनेका र एमालेसँग चुनावी तालमेल गरेर निर्वाचनमा होमिएका उमेदवारहरुलाई जिताउन युवासंघले आफ्नो सकृयता बढाएको हो । राष्टिय युवासंघ नेपाल गैडाँकोट नगर कमिटीको बैठकले नगर अध्यक्ष विनोद कंडेलको संयोजकत्वमा ५११ सदस्यीय युवा विद्यार्थी निर्वाचन परिचा...