नवलपुर । वैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उमेदवारहरुलाई जिताउन नवलपुरको गैँडाकोटमा राष्टिय युवासंघले आफ्नो सकृयता बढाएको छ ।राष्टिय युवासंघ नवलपुरका संयोजक कृष्ण कंडेलको गृहनगरमा एमालेको तर्फबाट उमेदवार बनेका र एमालेसँग चुनावी तालमेल गरेर निर्वाचनमा होमिएका उमेदवारहरुलाई जिताउन युवासंघले आफ्नो सकृयता बढाएको हो ।

राष्टिय युवासंघ नेपाल गैडाँकोट नगर कमिटीको बैठकले नगर अध्यक्ष विनोद कंडेलको संयोजकत्वमा ५११ सदस्यीय युवा विद्यार्थी निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नगरअध्यक्ष कंडेलको अध्यक्षतामा भएको बैठकले ५ जना सहसंयोजक रहने गरि २५ जनाको सचिवालय समिती समेत गठन गरेको छ ।

कार्यक्रममा बोल्दै राष्टिय युवासंघ नवलपुरका अध्यक्ष कृष्ण कंडेलले स्थानीय तहको निर्वाचनको मिति नजिकिएको भन्दै पार्टिका तर्फबाट उमेदवार बनेका सबैलाई जिताउन लागिपर्न युवाहरुलाई निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया