गैँडाकोट।  गैँडाकोट नगरपालिकाले भोलि देखि ३० गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरू बन्द हुने जनाएकाे छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कार्यालय लगायत मातहत कार्यालयका कर्मचारीहरु खटिएकाले भोलिदेखि कार्यालयवाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा ३० गतेसम्म स्थगित हुने प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालद्धारा जारी सूचनामा उल्लेख छ ।

बैशाख ३१ गते शनिवार, जेठ १ र २ गते सार्वजनिक विदा परेकोले जेठ ३ गतेदेखि सेवा प्रवाह सुचारु हुने नगरपालिकाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया