×

मध्य नेपाल

गैँडाकोटको किसान मार्टमा २ लाख बराबरको चोरी

गैँडाकोटको किसान मार्टमा २ लाख बराबरको चोरी
गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको किसान मार्ट (खाद्यान्नको सपिङ सेन्टर) मा गएराति चोरी भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ४ मा रहेको किसान मार्टबाट गएराति ११ वजे २ लाख बराबरको नगद र जिन्सी चोरी भएको हो । मार्टका कोषाध्यक्ष डिलाराम सापकोटाले किसान मार्टको जस्तापाता उप्काएर भित्र पसेर काउन्टरमा रहेको नगद १ लाख ५० हजार र मदिरा र चुरोट गरि २ लाख बराबरको चोरी भएको जानकारी दिनुभयो । घटनाको सम्वन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
धनगढी । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । मोहन्याल घर भएर बर्दगोरिया गाउँपालिका–२ को झगडपुरमा डेरा गरी बस्ने १३ वर्षीया बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले बालिकामाथि सामूहिक रुपमा जबरजस्तीकरणी गर्ने दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ बस्ने ४४ वर्षीय गोपाल विक र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेको बोहराले ब...

उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक आज साँझ बस्दै

उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक आज साँझ बस्दै
  काठमाडौं -नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाइएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार बैठक साँझ ५ बजे बालुवाटारमा बस्नेछ । ७ बुँदे सहमतिका आधारमा बनेको कांग्रेस-एमाले गठबन्धनलाई यो संयन्त्रले सहजीकरण गर्दै आएको छ । नेताहरुका अनुसार अहिले सरकारले ल्याएको अध्यादेशलगायत विषयमा छलफल हुनेछ । सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो ।

धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत

धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत
धनगढी- धनगढीमा एक किशोरीमाथि बलात्कार भएको छ । बाजुुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरी गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् । प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए । त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् ।किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मा...

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

गृहमन्त्रीलाई कारबाही माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन
 काठमाडौं-  गृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गर्दै दलित अधिकारकर्मीले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा केन्द्रीय कार्यालय, सानेपा पुगेको टोलीले विरोध प्रदर्शन गरेको हो । टोलीले केन्द्रीय कार्यालयका सचिव डा। प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा गृहमन्त्रीकै निर्देशनमा उनीहरूलाई पक्राउ पुर्जी जारी भएका...

आवासीय चिकित्सकलाई सरकारी आठौं तह बराबर सेवा सुविधा दिने निर्णय

आवासीय चिकित्सकलाई सरकारी आठौं तह बराबर सेवा सुविधा दिने निर्णय
काठमाडौं । निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकले सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता पाउने भएका छन् । शुक्रबार बसेको चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबीचमा सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा मासिक ४८ हजार सात सय कायम गर्नुपर्ने निर्णय गरेको हो । अन्य...

आज संसद बैठक बस्दै, सबै अध्यादेश निर्णयार्थ पेस गरिंदै

आज संसद बैठक बस्दै, सबै अध्यादेश निर्णयार्थ पेस गरिंदै
  काठमाडौं । संसदको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्न लागेको हो ।आजको प्रतिनिधि सभा बैठकले संसद नचलेको बेला सरकारले ल्याएका सबै अध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ । निर्णयार्थ पेस गर्नु अगाडि अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइनेछ । २९ पुसमा थप चारवटा अध्यादेश जारी भएको थियो भने २ माघमा राष्ट्रपतिले अर्को एउटा अध्यादेश जारी गरेका थिए । त्यसअघि १४ पुसमा सहकारी सम्बन्...

रविलाई हिरासत पठाइएपछि प्रहरी कार्यालयबाहिर समर्थकको नाराबाजी

रविलाई हिरासत पठाइएपछि प्रहरी कार्यालयबाहिर समर्थकको नाराबाजी
  चितवन-  राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले न्यायिक हिरासतमा पठाएपछि उनका समर्थकहरु आक्रोशित बनेका छन् । आदेशको विरोधमा जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन गरिएको छ । जिल्ला अदालतका न्यायाधीसले भोलि फेरि हाजिर हुने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेका थिए । यसअघि काठमाडौं जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतको भन्दा फरक आदेश गरेको भन्दै समर्थकहरु असन्तुष्ट बनेका हुन् ।उनीहरु जिप्रका चितवन अगाडि सरकार र प्रहरीको विरोधमा...

गैंडाकोटका तीन हजार चारसय ६६ किशोरीहरुलाई आजदेखि एचपिभि खोप लगाईँदै

गैंडाकोटका तीन हजार चारसय ६६ किशोरीहरुलाई आजदेखि एचपिभि खोप लगाईँदै
  गैंडाकोट-  गैंडाकोटका तीन हजार चारसय ६६ किशोरीहरुलाई आजदेखि एचपिभि खोप लगाईने भएको छ।गैंडाकोटका १८ वटै वडाहरूमा ६० खोप कार्यकर्ता र १२० स्वयंसेविका मार्फत खोप दिन लागिएको हाे । गैंडाकोट नगरपालिका भित्रआजदेखि माघ २८ गतेसम्म कक्षा ६ देखि १० कक्षासम्मका तीन हजार चारसय ६६ जना छात्राहरूलाई खोप लगाईने गैंडाकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत माधव आचार्यले जानकारी दिनुभयो। सबैभन्दा धेरै जनक नमुना माविमा ४५१, कालिका माविमा ३१८, रत्नराज्य लक्ष्मी माविमा २४८, सुर्योदय बो...