गैँडाकोट – नवलपुरको बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा ६ लाख मुल्य बराबरको धनमाल नष्ट भएको छ।बुधबार साँझ बौदीकाली गाउँपालिका ३ खौरेनी घर भएका जित बहादुर गैरे(सार्की) को घरमा बिजुली सर्ट भई आगलागी हुँदा ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
आगलागीमा परि खरको छानो,टिनको पाली भएको २ तले कच्ची घर, खरको छानो भएको १ तले कच्ची गोठ, गोठ संग जोडीएको परालको टौवा जलेर नष्ट भएको छ।साथै धान अन्दाजी १६ मुरी, मकै ६ मुरी, कोदो ३ मुरी, घरमा रहेका लत्ताकपडा भाडावर्तन सबै , सुन (सिक्री र तिलहरी) पौने तोला, नगद रु २० हजार, विजुलीको मिटर बक्स, मोवाइल २ थान र अन्दाजी ६० भारी पराल समेत जलेको छ।

उज्यालो खबर