×

धनगढी । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । मोहन्याल घर भएर बर्दगोरिया गाउँपालिका–२ को झगडपुरमा डेरा गरी बस्ने १३ वर्षीया बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले बालिकामाथि सामूहिक रुपमा जबरजस्तीकरणी गर्ने दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ बस्ने ४४ वर्षीय गोपाल विक र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेको बोहराले बताए ।

प्रहरीकाअनुुसार स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययन गर्ने उनलाई गोपाल विकले मासु पकाएर ल्याइदिनू भन्दै दिएका थिए । मासुु पकाएर विकलाई दिन उनको पसलमा पुगेका बेला पसलको कोठामा लगेर दुवै जनाले जबरजस्तीकरणी गरेको डीएसपी बोहराले बताए ।

तपाईको प्रतिक्रिया