गैँडाकोट – गैँडाकोटमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । पर्सा जिल्ला धोवनी गाउँपालिका वडा नं. ३ घर भएका २८ वर्षका अर्जुन महतोको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउसो ३ वजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. १ मिलनचोक स्थित उज्यालो कार्यालय नजिकै आज विहान ९ वजे बा ५ ख ६२५२ नम्बरको बसले महतोले चलाएको ना ४३ प ५०३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक महतो गम्भिर घाइते भएका थिए ।
मृतक महतो घर निर्माणमा ठेकेदारको रुपमा गैँडाकोट क्षेत्रमा लामो समयदेखि कार्यरत थिए । उनका श्रीमती २ छोरी र १ छोरी छन् । महतोको मृत्युले परिवारमा सन्नाटा छाएको छ ।

उज्यालो खबर