×

मध्य नेपाल

सेनाको सहभागिता, सम्पदाको संरक्षण – उपरदाङ्गगढीमा ऐतिहासिक धारा उद्घाटन

सेनाको सहभागिता, सम्पदाको संरक्षण – उपरदाङ्गगढीमा ऐतिहासिक धारा उद्घाटन
चितवन-  ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको उपरदाङ्ग गढीमा नेपाली सेनाले ढुङ्गे धारा निर्माण गरी ईच्छाकामना गाउँपालिकालाई हस्तान्तरण गरेको छ। नेपाली सेनाको “जनतासँग नेपाली सेना” अभियान अन्तर्गत शिघ्र प्रभावी आयोजनाबाट निर्मित उक्त धारा बुधबार एक विशेष समारोहका बीच हस्तान्तरण गरिएको हो। कार्यक्रममा नेपाली सेनाको मध्य पृतना हेटौडाका पृतनापति उपरथी हरेन्द्र पाठकले ढुङ्गे धाराको साँचो ईच्छाकामना गाउँपालिकाका अध्यक्ष दानवहादुर गुरुङलाई जिम्मेवारीसहित हस्तान्तरण गर्नुभयो।उपरथी...

भिजिट भिसा प्रकरणले संसद अवरुद्ध, गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षको दबाब

भिजिट भिसा प्रकरणले संसद अवरुद्ध, गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षको दबाब
  काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका प्रतिपक्षी दलहरुसँग सहमतिको प्रयास सफल नभएपछि संसद बैठक स्थगित गरिएको हो । आज बिहान १ बजे बस्ने भनिएको बैठक सहमतिको प्रयासमा सवा तीन बजेसम्मका लागि सारिएको थियो । तर सहमति नजुटेपछि संसद सचिवालयले बैठक स्थगित गरिएको हो । मंगलबार पनि संसद बैठक बस्दै नबसी स्थगित भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट ...

क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक अर्याल

क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक अर्याल
चितवन । यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आएका छन् । उनले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आएका हुन् । पर्साको ठोरी गाउँपालिका–१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्यालले क्यान्सरका बिरामीको सेवा गर्दै आएका हुन् । पश्चिम नेपालबाट रात्रि बसमा आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ । विगत चार वर्षदेखि भरतपुरमा अटो चलाउ...

संसद बैठकमा बजेटमाथिको छलफल अघि बढाउने तयारी

संसद बैठकमा बजेटमाथिको छलफल अघि बढाउने तयारी
काठमाडौं । सङ्घीय संसदको दुवै सदनको बैठक आजका लागि बोलाइएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुनेछ ...

विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर

विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न निर्माणको ठेक्काको विज्ञापन प्रकाशनका सम्बन्धमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न विज्ञापन एजेन्सीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । सो गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा विभिन्न चार वटा बोलपत्रको आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन अनुसार राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो । बोलपत्र आह्वानको सूचना लुकाउने उद्देश्यका स...

यातायात व्यवसायीको आन्दोलन फिर्ता, गाडी चल्न थाले 

यातायात व्यवसायीको आन्दोलन फिर्ता, गाडी चल्न थाले 
काठमाडौं । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।यससँगै अब बेलुकादेखि नै गाडी चल्न सुरु गरेको  व्यवसायीले बताएका छन् ।गण्डकी प्रदेशको निर्णय प्राप्त भएकाले अहिले बेलुकैबाट गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको यातायात व्यवसायी महासंघका महासचिव भरत नेपालले बताए । उनले भने, ‘गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गरेको खबर औपचारिकरूपमा पायौं । अहिलेलाई हामीले आन्दोलन फिर्ता लिएका छौं । अहिले त फाटफुट चल्ला । भोलि बिहानदेखि गाडीहरू...

नारायणी पब्लिकका ४६९ विद्यार्थीले गरे मतदान, छात्र–छात्रा प्रमुख चयन

नारायणी पब्लिकका ४६९ विद्यार्थीले गरे मतदान, छात्र–छात्रा प्रमुख चयन
भरतपुर-  “शिक्षा केवल किताबी ज्ञान होइन, व्यावहारिक जीवनका लागि अभ्यास हो” भन्ने मूल नारालाई आत्मसात् गर्दै नारायणी ई. पब्लिक स्कुल, भरतपुर–११ मा नमूना निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ । विद्यालयले विगत १२ वर्षदेखि निरन्तरता दिँदै आएको यो अभ्यास अन्तर्गत यस वर्ष पनि आज विद्यालय छात्र प्रमुख, छात्रा प्रमुख तथा विभिन्न क्लबका अध्यक्ष र सदन क्याप्टेनको चयन गरियो । विद्यालयका सामाजिक विभाग प्रमुख तथा निर्वाचन समितिका संयोजक बृजलाल चौधरीका अनुसार यो कार्यक्रमले विद...

प्रचण्डलाई लिङदेनको चेतावनी- तर्साउन सकिन्छ भन्ने नसोचे हुन्छ

प्रचण्डलाई लिङदेनको चेतावनी- तर्साउन सकिन्छ भन्ने नसोचे हुन्छ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भ्रमजालबाट मुक्त भएर सुध्रिन आग्रह गरेका छन् । आन्दोलनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै हिजो माओवादी युद्धकालको जस्तो समय अब नरहेको बताए । हिजो राजावादी र वाईसीएलबीच भएको घम्साघम्सीबारे उनले भने, ‘वाईसीएलका भाइहरू भ्रममा हुनुहुन्छ, उहाँहरूले भन्ने गरेको जनयुद्धताकाको समय अब छैन। अब त्यो भ्रममा नरहन आग्रह गर्छु । भ्रमबाट मुक्त हुनु...

राजु पाण्डे, भन्छन्– मेरो मूल्यांकन तपाईंहरु नै गर्नुस्

राजु पाण्डे, भन्छन्– मेरो मूल्यांकन तपाईंहरु नै गर्नुस्
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीको प्रमुखबाट ६ महिनाको लागि निलम्बनमा परेका राजु पाण्डे निलम्बन पत्र पाएपछि कार्यालयबाट बाहिरिएका छन् ।आज नियमित समयमा कार्यालय पुगेका हुन् दिउँसो निलम्बनमा परेपछि निस्किएका हुन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाको लागि निलम्बन गरेका छन् । गत चैत २१ मा भएको घटना (प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा अवरोध)  का विषयमा छानविन गर्न जाँचबुझ समिति समेत बनाइएको छ । पाण्डेले आफूमाथि गरिएको कारवाहीबारे खा...