राप्ती नगरपालिकाको निर्मम निर्णय ! डाक्टरसहित ७४ कर्मचारीको जागिर खोसियो
चितवन - चितवनको राप्ती नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोको कारण देखाउँदै आज (सोमबार)देखि दैनिक ज्यालादारीमा कार्यरत ७४ जना कर्मचारीलाई विदा दिएको छ ।हटाइने कर्मचारीहरूमा भण्डारा अस्पतालका तीन जना डाक्टरसहित दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मी, ल्याब टेक्निसियन, वडा कार्यालयका सहयोगी, चालक, मालीलगायत रहेका छन् ।
नगरपालिकाले सूचना जारी गर्दै जेठ २६ गते सोमबार अर्थात आजदेखि लागू हुने गरी सबै ज्यालादारी कर्मचारीलाई कार्यालय नआउन र हाजिरी नगराउन निर्देशन दिएको छ ...


