पुल बेचेको आरोपमा काभ्रेमा वडाअध्यक्ष पक्राउ
काठमाडौं । काभ्रेको रोशी गाउँपालिका-७ का वडाध्यक्ष अशोक कुमार गौतम पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनलाई काभ्रे भन्ज्याङ्गबाट सोमबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी मिनबहादुर घलेले वडा अध्यक्ष गौतमलाई पक्राउ गरिएको पुष्टि गरे । वडाअध्यक्ष गौतमलाई आज अदालतबाट म्याद थप गराएर अनुसन्धान गर्ने तयारी गरिएको उनले बताए ।
गत असोजमा रोशी खोलमामा आएको बाढीले बगाएको फलामको पक्की पुल र झोलुङ्गे पुल व्यक्तिगत रुपमा कबाडीला...


