×

मध्य नेपाल

कोटीहोममा हिन्दूराष्ट्रको शंखघोष, १४ लाख भक्तजन सहभागी

कोटीहोममा हिन्दूराष्ट्रको शंखघोष, १४ लाख भक्तजन सहभागी
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा हिन्दूराष्ट्रको शंखघोष गरिएको छ । पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंख बजाएर कोटीहोमसहित हिन्दूराष्ट्रको शंखघोष गरेका हुन् । योसँगै कोटीहोममा एक सय एक कुण्डमा एक करोड ५० लाख हवन भएको बताइएको छ । शंखघोषसँगै कोटीहोम सफलतापूर्वक सम्पन्न भएको दावी गरिएको छ । अधिकारीले यसअघि १६ मिनेट १३ सेकेण्ड लामो शंख बजाएको बताएका छन् । कोटीहोममा उद्घोष गरिएअनुसार अधिकारी लामो शंख बजाउनेमा विश...

यस्तो आयो बजेट (पूर्णपाठ)

यस्तो आयो बजेट (पूर्णपाठ)
काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित बजेट प्रस्तुत गरेका छन् ।संघीय संसद्को बिहीबार बसेको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका हुन् । यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत) , पूँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ ९१९.१० प्रतिशत विनियोजन गरिएको छ । उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनु...

राष्ट्रिय युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी

राष्ट्रिय युवा संघमा क्षितिज थेवेको प्यानलै विजयी
पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ । प्राप्त मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । थेबेले ७९७ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् ।यस्तै युवासंघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईं विजयी भएका छन् । उनका प्रतिस्पर्धीले ६४९ मत ल्याएका छन् ।१ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो । क्षितिजकै नेतृत्वमा सर्वसम्मत गर्न नेताहरूले कसरत गरे...

कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने

कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठ १६ गते नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासी कथा वाचन गर्न आउने भएकी छन् । १६ गते पोखरा आए पनि जेठ १७ गते बाट कथा वाचन गर्ने कार्यक्रम रहेको छ । ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा जेठ १७ देखि जेठ २६ गतेसम्म राधिका दासी कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी द...

चितवनका अनिल परियारको हत्याका चार जना अभियुक्तलाई जन्मकैदको फैसला

चितवनका अनिल परियारको हत्याका चार जना अभियुक्तलाई जन्मकैदको फैसला
चितवन- चितवन जिल्ला अदालतले अनिल परियारको हत्या गरेको अभियोगमा चार जनालाई जन्मकैदको फैसला गरेको छ।‘कान’ भनेर चिनिने भरतपुर–१२ का परियारको ०७९ वैशाख २५ गते साँझ ७ बजे भरतपुर–७ स्थित कृष्णपुर खेलकुद मैदान नजिक हत्या भएको थियो। न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले चार जनालाई जन्मकैद (२५ वर्ष) र एक जनालाई ४ वर्ष कैदको सजाय फैसला गरेको हो। यस घटनामा ६ जनाविरूद्ध मनसाय पूर्वक हत्या गरेको भनी जाहेरी परेको थियो। जन्मकैद सजाय पाउनेमा विश्व भन्ने हेमन्त बास्तोला, अजय भन्ने अशोक भण...

चोरमारामा तीनजना युवा चढेको मोटरसाइकल दुर्घटना- दुई जनाको मृत्यु

चोरमारामा तीनजना युवा चढेको मोटरसाइकल दुर्घटना- दुई जनाको मृत्यु
गैँडाकोट- नवलपुरको मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।मध्यविन्दु न.पा.–७ चोरमारा निवासी २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुनको उपचारको क्रममा बिहान ६ः३० प्रादेशिक अस्पताल डण्डामा ज्यान गएको नवलपुर प्रहरीले जनाएको छ । अम्रसा बाट चोरमारा तर्फ आउँदै गरेको लु ९ प ८११६ नम्बरको होण्डा साइन मोटरसाइकल मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलस्थित भित्री बाटोमा चिप्लिएर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय...

कार्यपालिका बैठक बोलाउन मेयर बालेनलाई उपमेयर डंगोलसहितका सदस्यको पत्र

कार्यपालिका बैठक बोलाउन मेयर बालेनलाई उपमेयर डंगोलसहितका सदस्यको पत्र
काठमाडौं । उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन्। उनीहरुले ७ दिनभित्र बैठक राख्न माग गरेका छन्। पत्रमा पौष १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको उल्लेख छ। पछिल्लो समय कार्यशैलीकै कारण बालेन महानगरभित्र बालेन एक्लिँदै गएका छन्। बैठक माग गर्ने पत्रमा रास्वपाबाट निर्वाचित एक मात्र वडाध्यक्ष रोजिना श्रेष्ठले पनि हस्ताक्षर गरेकी छन् । उनी निर्वाचित भएपछि महानगरपालिकाको कार्यपालिका बैठक एक पटक पनि बस्न सकेको छैन ...

कांग्रेसले भन्यो– भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष

कांग्रेसले भन्यो– भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष
काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’ उनले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको समेत बताए ।

राजावादीलाई ‘काउन्टर’ दिन जेठ १५ को तयारीमा जुट्यो एमाले- च्यासलमा बैठक जारी

राजावादीलाई ‘काउन्टर’ दिन जेठ १५ को तयारीमा जुट्यो एमाले- च्यासलमा बैठक जारी
  काठमाडौं । एमालेले जेठ १५ गते आयोजना गर्ने जनप्रदर्शनको तयारीका लागि जनसंगठन पदाधिकारीको बैठक बसिरहेको छ ।पार्टी मुख्यालयमा जारी बैठकमा प्रदर्शनका दिन बढीभन्दा बढी सहभागिता जुटाउने रणनीतिमा छलफल हुने बताइएको छ । एमालेको हिजोको सचिवालय बैठकले गणतन्त्र दिवसलाई देशभर उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो । जेठ १५ गते राजावादीको आन्दोलनलाई समेत ध्यान दिएर एमालेले ‘काउन्टर’ प्रदर्शनको तयारी थालेको हो ।च्यासलमा जारी बैठकमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु र...