युवा संघको नयाँ नेतृत्व छान्न चुनाव हुने, थेबे र पुरी प्रतिस्पर्धी
पोखरा- नेकपा एमाले को भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चयन गर्न निर्वाचनको तयारी गरिएको छ। निर्वाचनका लागि शनिबार नै प्रतिनिधिको नामावली प्रकाशित भइसकेका छन् भने मतदान गर्न ४६ वटा इलेक्ट्रिक भोटिङ मेसिन ल्याइएको छ।संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षितिज थेबे र महाचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने संघका एक नेताले जानकारी दिए।
अध्यक्षका दावेदार थेबे यसअघि महासचिव हुँदै संघको नवौं महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए भने पुरी उपाध्यक्ष, महासचिव हुँदै अहिले अध्यक्षक...


