आज संसदमा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
काठमाडौं । आज संघीय संसदको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवाल...


