गैँडाकोट- नवलपुरको मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।मध्यविन्दु न.पा.–७ चोरमारा निवासी २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुनको उपचारको क्रममा बिहान ६ः३० प्रादेशिक अस्पताल डण्डामा ज्यान गएको नवलपुर प्रहरीले जनाएको छ ।
अम्रसा बाट चोरमारा तर्फ आउँदै गरेको लु ९ प ८११६ नम्बरको होण्डा साइन मोटरसाइकल मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलस्थित भित्री बाटोमा चिप्लिएर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलमा ३ जना सवार थिए ।
दुर्घटनामा परि बर्दघाट न.पा.–५ घर भई हाल चोरमारामा टायल–मार्बल सम्बन्धी मिस्त्रीको काम गर्दै आएका २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते भएका छन ।



उज्यालो खबर




