घुस डिल अडिओमा मुछिएका सामान्य प्रशासन मन्त्रीलाई आज हटाउने तयारी
काठमाडौं- घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको छ।मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सोधपुछ गरेका थिए। तर तत्काल एक्सन भने लिएका थिएनन्।
प्रधानमन्त्री ओलीनिकट स्रोतका अनुसार मन्त्री गुप्तालाई आज हटाउने तयारी छ।मन्त्री गुप्ताले पदबाट आफै राजीनामा दिन सक्ने वा नदिए बर्खास्त गरिने तयारी रहेको उक्त स्रोतले बताएको छ।भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्य...


