हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
नवलपरासी (पूर्व) - नवलपरासी (पूर्व)को हुप्सेकोट गाउँपालिका–३ भुपती चोकस्थित भीत्रि सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला गम्भीर घाइते भएकी छन्।
शुक्रबार राति करिब ९ बजेको समयमा गिरुवारीबाट बसन्तपुरतर्फ जाँदै गरेको ग ७ प २७२१ नम्बरको मोटरसाइकलले सोही दिशामा पैदल हिँडिरहेकी दुई महिलालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परेर घाइते भएकी हुप्सेकोट–३ निवासी ३०/३५ वर्षीया शोभा सिग्देलको उपचारको क्रममा ज्यान गएको हो।
त्यसै...


