काठमाडौं- पछिल्ला दिनहरूमा आफ्नो नाम घुस प्रकरणमा जोडिएर सामाजिक सञ्जाल र सार्वजनिक बहसमा आएको भन्दै सामान्य प्रशासन मन्त्रीले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले घुस डिलसँग नाम जोडिनु दुर्भाग्यपूर्ण रहेको भन्दै निष्पक्ष अनुसन्धानका लागि पद त्यागेको जनाएका छन्।
“कहिले काँही नखाएको बिष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भए,” भन्दै उनले टेक्नोलोजीको दुरुपयोगबाट कोही पनि शिकार नहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
प्रधानमन्त्री समक्ष राजीनामा बुझाइसकेका पूर्व मन्त्रीले अनुसन्धानबाट सत्य तथ्य बाहिर आउनु आवश्यक रहेको बताएका छन्। उनले यस घटनालाई आत्मसमीक्षा र जनताको सेवा गर्न थप प्रेरणा बनाउने प्रतिबद्धता जनाउँदै पार्टीले दिएको जिम्मेवारी अझ इमानदारीपूर्वक निर्वाह गर्ने बताएका छन्।
“अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारी बोधका साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु,” पूर्वमन्त्रीले अन्त्यमा लेखेका छन्।




उज्यालो खबर




