मंगलबारबाट काममा नजाने वीरगञ्जका निजी अस्पतालका डाक्टरको निर्णय
८ भदौ , वीरगञ्ज । वीरगञ्जका विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत एमबीबीएस डाक्टरले काममा नजाने निर्णय गरेका छन् ।
५ बुँदे माग पूरा नभएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिने चेतावनीसहित काममा नजाने निर्णय गरेका हुन् ।
यसअघि उनीहरु आवद्ध निजी अस्पताल, चिकित्सक संघ, जिल्ला प्रशासनलगायत सरोकारवाला निकायमा विभिन्न ५ बुँदे मागसहित ७ दिने अल्टिमेटम दिएका थिए । ७ दिने अल्टिमेटमसहित ध्यानाकर्षण गराए पनि कतैबाट मागको सुनुवाइ नभएकोले मंगलबारबाट काममा नजाने निर्णय गरे...


