चितवन ९ भाद्र । चितवनमा थप १७ जनामा कोरोना पुष्टि भएको छ ।भरतपुरमा गएराति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका एक र गैँडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।
भरतपुर महानगरपालिकाका ७ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । श्री पुष्पाञ्जली हस्पिटलमा उपचार गराइरहेका भरतपुर महनानगरपालिका वडा नम्बर ३ का ५१ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको छ भने बाँकि ६ जनाले पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालबाट स्वाब दिएका हुन्।

यसैगरी पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक हस्पिटलबाट स्वाब दिएका रत्ननगर–५ र १० का ३६ वर्षीय पुरुष र २८ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.अधिकारीले जानकारी दिइन्।उता राप्ती नगरपालिका–२ का २ जना पुरुष र २ जना महिलामा पनि संक्रमण पुष्टि भएको छ । यसैगरि पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडाकाकी ३८ वर्षीया महिला र पूर्वी नवलपरासीको गैँडाकोटकी ५२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा कोरोना संक्रमितको संख्या ३ सय ८३ पुगेको छ । सोमबार कुल ४०५ वटा नमूनाको परीक्षण गरिएको थियो।

तपाईको प्रतिक्रिया