×

७ भदौ, बुटवल । रुपन्देहीमा आइतबार राति (आज) सम्म जारी रहेको निषेधाज्ञा भदौ १४ गतेसम्म थपिने भएको छ ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको  आज बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले निधेषाज्ञा १४ गतेसम्म बढाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ ।रुपन्देहीका सीडीयो  महादेव पन्थले सीसीएमसीको वैठकले निषेधाज्ञा भदौ १४ गतेसम्म थप गर्न सिफारिस गरेको र साँझसम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गर्ने बताए ।

तपाईको प्रतिक्रिया