×

मध्य नेपाल

मकवानपुरका कोरोना सङ्क्रमितको भरतपुरमा मृत्यु

मकवानपुरका कोरोना सङ्क्रमितको भरतपुरमा मृत्यु
चितवन  । मकवानपुरका एक कोरोना सङ्क्रमितको उपचारका क्रममा यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–४ का ५० वर्षीय पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गिताञ्जलि ढकालका अनुसार उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज दिउँसो १२ः४५ बजे मृत्यु भएको हो । छाती र फोक्सोसम्बन्धि समस्या भएका उनमा यही वैशाख ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ६ गते भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिए...

सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक

सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक
काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ । यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् । यस्तै विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

चैते दशैमा गण्डकी प्रदेशभर सार्वजनिक बिदा

चैते दशैमा गण्डकी प्रदेशभर सार्वजनिक बिदा
नवलपुर । गण्डकी प्रदेश सरकारले चैते दसैंको दिन वैशाख ७ गते सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषदको २०७७ चैत १७ गतेको निर्णय अनुसार उक्त दिन विदाको निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्माले जनाएका छन् । उक्त निर्णय प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ । गण्डकी सरकारले २०७८ सालमा ५ दिन चाडपर्व विदाको निर्णय गरेको छ । चैते दसैंसँगै इद, पुस १५ गते तमु लोसार, माघ १९ गते सोनाम लोसार र फागुन १९ गते ग्याब्लो लोसारमा पनि विदाको निर्णय भएको छ । इद जुन दिन...

चितवनमा ट्रयाक्टर दुर्घटना हुुँदा २२ जना घाईते

चितवनमा ट्रयाक्टर दुर्घटना हुुँदा २२ जना घाईते
भरतपुर । चितवनमा आज साँझ भएको ट्याक्टर दुर्घटनामा परि २२ जना घाईते भएका छन ।राप्ती नगरपालिका वडा नं. ११ स्थित चिउरी खोला नजिकै ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २२ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । एसपी ओम अधिकारीले चारवटा एम्बुलेन्स मार्फत घाईते सबैलाई भरतपुर तर्फ ल्याइएको उज्यालो खबरलाई जानकारी दिए ।११ नम्बर वडा कार्यालय भवनको ढलानको काम सकेर फर्कदै गरेको ट्याक्टर सडकबाट करिव १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरु मध्ये केहिको अवस...

आजदेखि गैंडा गणना सुरु

आजदेखि गैंडा गणना सुरु
चितवन ।  दुर्लभ जन्तु एकसिंगे गैंडा गणना आजबाट  गर्न लागिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा गणना गर्न लागिएको हो। चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाइएको छ। राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना सुरु गरिनेछ। यस्तै चैत १७ देखि बर्दिया राष्ट्रिय निकुञ्ज र १९ गते शुक्लाफाँटामा गणना गरिनेछ। हात्तीको प्रयोग गरेर गैंडा गनिन्छ। हात्ती जहाँ पनि पुग्न सक्ने भएकाले यसको प्रयोग बढी हुन्छ। गैंडा गणनामा सहभागी हुने हात्तीको छनोट गरिएको छ...

८ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास सजाय

८ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास सजाय
उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए । यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा चार हजार जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले बताएको छ ।गत भदौ ९ गते ...

चितवनकाे पुल्चोकमा यात्रु तानातान गर्ने ६ जना बिचौलिया पक्राउ

चितवनकाे पुल्चोकमा यात्रु तानातान गर्ने ६ जना बिचौलिया पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने ६ जना विचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेशिसहर ८ का २२ बर्षिय अमृत परियार, चितवन भरतपुर महानगरपालिका १० का ४० वर्षिय बसन्त रानामगर, भरतपुर १२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर ११ का ३२ वर्षीय दिलिप अधिकारी,भरतपुर ४ का २५ बर्षिय रोशन खत्री र कास्की पोखरा महानगरपालिका २६ का २५ वर्षीय निशान तामाङ रहेका छन । उनीहरुलाई आइतबार नारायणगढको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुले यात्रु तानात...

टुँडिखेलमा यसरी मनाइँदैछ सेना दिवस, खुकुरी ड्रिलदेखि कवाजसहित विशेष समारोह

टुँडिखेलमा यसरी मनाइँदैछ सेना दिवस, खुकुरी ड्रिलदेखि कवाजसहित विशेष समारोह
काठमाण्डौ – सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवम् सेना दिवस बिहीवार देशभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रूपमा रहेको नेपाली सेनाको राष्ट्रपति परमाधिपति हुनुहुन्छ । समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालक...

२३ वर्षपछि रातो टीका र पछ्यौरी

२३ वर्षपछि रातो टीका र पछ्यौरी
रासस दमौली । तनहुँको म्याग्दे गाउँपालिका-३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाइन् । श्रीमान् बित्दा उनको काखमा पाँच वर्षकी छोरी थिइन् भने कोखमा पाँच महिने छोरा । उनलाई सहारा दिने आफन्त कोही थिएनन् । पति गुमाउनुको पीडा एकातिर थियो नै, समाजको हेपाइ पनि उत्तिकै । सङ्घर्षले छोरा छोरी हुर्काइन्, बढाइन् र पढाइन् । अहिले तिनै छोराछोरी पदममायाको सहारा बनेका छन् । श्रीमानको मृत्युपश्चात् कहिल्यै पनि रातो टीका नलगाएकी उनले २३ वर्षपछि निधारमा रातो टीका लगाइन् । ...