काठमाडौँ । नेकपा एमालेले दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ ।दलको भ्रातृ संगठन युवा संघको आयोजनामा वुधबार देशभर प्रदर्शन गर्न लागेको हो ।

एमाले केन्द्रीय सदस्य तथा युवा संघका इन्चार्ज महेश बस्नेतले राजधानीमा नयाँ बानेश्वर २ बजे र उपत्यकाबाहिर प्रत्येक जिल्ला सदरमुकाम तथा मुख्य शहरहरुमा वुधबार प्रदर्शन गरिने बताए ।

एमाले विभाजनलाई लक्षित गरी ल्याइएको अध्यादेश फिर्ता लिनुपर्ने भन्दै एमालेले घोर विरोध जनाएको छ ।

तपाईको प्रतिक्रिया