×

मध्य नेपाल

धादिङमा गुडिरहेको बसमा आगो लाग्यो, यात्रुका लगेजमा क्षति

धादिङमा गुडिरहेको बसमा आगो लाग्यो, यात्रुका लगेजमा क्षति
धादिङ । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ।सुर्खेतबाट काठमाडौं आइरहेको ना ६ प १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए। उनका अनुसार इलेक्ट्रिक सट भएर बसमा आगो लागेको हो।‘बसको अधिकांश भाग जलेको छ। मानवीय क्षति भने भएको छैन,’ डिएसपी भण्डारीले भने,‘बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि जलेका छन्।’

यी हुन् कावासोतीमा आज पक्राउ परेका पाँच जुवाडे ! (नाम सहित)

यी हुन् कावासोतीमा आज पक्राउ परेका पाँच जुवाडे ! (नाम सहित)
नवलपुर । नवलपुरको कावासोतीबाट पाँचजना जुवाडे पक्राउ परेका छन् । कावासोती नगरपालिका वडा नं २ शान्तीटोल स्थित चेत नारायण काफ्लेको घरमा जुवा खेलिरहेका पाँचजना जुवाडे आज दिउसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । उनिहरुको साथबाट २८ हजार ८६५ नेपाली रुपैया र ९५० भारतीय रुपैँया बरामद गरिएको कार्यालयका सूचना अधिकारी दिलिप कुमार गिरीले जनाकारी दिनुभयो । पक्राउ पर्नेमा कावासोती २ का डिल्लीराम पौडेल, अर्जुन कंडेल,दुर्गा कंडेल, ठाकुराम थापा र वडा नं. ५ का भु...

बाढीपहिरो अपडेट : ७७ जनाको मृत्यु, २७ जना बेपत्ता

बाढीपहिरो अपडेट : ७७ जनाको मृत्यु, २७ जना बेपत्ता
काठमाडौं ।विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधवारसम्म ७७ जनाले ज्यान गुमाएका छन् । बुधवार मात्रै ५० भन्दा बढीको मृत्यु भएको बताइएको छ । गृह मन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । प्राप्त विवरणअनुसार सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेका अनुसार का...

आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना

आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना
काठमाडौं । केही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहने भएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भएको थियो । आज वर्षा पूर्वी नेपालमा सरेको छ । यद्यपि पश्चिममा पनि हल्कादेखि मध्यम वर्षा कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बुधबार प्रदेश प्रदेश १, २, बागमती प्रदेश, र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानह...

बझाङको थलारामा पहिरोले ७ घर पुरिँदा २३ जना बेपत्ता

बझाङको थलारामा पहिरोले ७ घर पुरिँदा २३ जना बेपत्ता
बझाङ। बझाङको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् ।गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसल छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा।वि महेन्द्रधारमा बसेक...

गुल्मीमा बुवालाई खुकुरी प्रहार गरेर छोरा फरार

गुल्मीमा बुवालाई खुकुरी प्रहार गरेर छोरा फरार
गुल्मी : गुल्मीको धुर्कोटमा छोराले बुवालाई खुकुरी प्रहार गरेर फरार भएका छन् ।धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरिबहादुर घर्ति मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ति मगरले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गरेपछि उनी भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराइले जानकारी दिनुभयो ।खुकुरी प्रहारबाट हरिबहादुरको टाउकोमा चोट लागेको छ । उनको गुल्मी अस्पतालमा उपचार भइरहेको भट्टराइले बताउनुभयो । सामान्य घरयासी झगडाको कारण...

तीन दिदीबहिनीको सामूहिक बलात्कार

तीन दिदीबहिनीको सामूहिक बलात्कार
सिन्धुली । राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको पुष्टि भएको छ,’ उनले भने । बलात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् । प्रहरीका ...

अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु
धनगढी । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा परेर पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपाली...

सीमा नाकामा चहलपहल : कोरोना जोखिम कायमै

सीमा नाकामा चहलपहल : कोरोना जोखिम कायमै
काठमाडौँ। कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सीमा क्षेत्रमा लागेको छ । सीमा क्षेत्रमा बढ्दो भीडभाडले कोरोना जोखिमसमेत बढाएको छ । यद्यपि, सरकारले कोरोना जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा प्राथमिकतासाथ कोरोना परीक्षणलाई समेत तयारी अवस्थामा राखेको छ । प्रदेश २ का आठवटा जिल्लाका सीमा नाका खुला गरिएका छन् । सो क्षेत्रमा स्वास्...